मोरङ र सप्तरी बीच मनिष– दिपेन्द्र ट्रफी सिरिज आयोजना हुने

इतिहासमै पहिलो पटक मोरङ जिल्ला र सप्तरी जिल्ला बीच ऐतिहासिक अन्तर-जिल्ला मनिष-दिपेन्द्र ट्रफी क्रिकेट सिरिज आयोजना हुने भएको छ ।

सिरिजलाई मोरङका पूर्व राष्ट्रिय क्रिकेटर मनिष राज भण्डारी र सप्तरीका पुर्व राष्ट्रिय क्रिकेटर दिपेन्द्र चौधरीको नाम दिईएको छ।

नेपाल क्रिकेट संघ मोरङ र नेपाल क्रिकेट संघ सप्तरीको संयुक्त आयोजनामा सिरिज आयोजना हुनेछ। दुई जिल्ला बिचको सिरिज चैतको पहिलो साता हुने मोरङ जिल्ला क्रिकेट संघका अध्यष नविन घिमिरेले जानकारी दिए ।

विराटनगरमा आज एक कार्यक्रम आयोजना गरि क्रिकेटर सिरिज तीन दिवसिय, एक दिवसिय र टि– टुवान्टीको तीन वटै फर्म्याटमा खेल हुने जानकारी दिएको छ । पहिलो वर्ष र दोस्रो वर्ष मोरङमा हुने सहमति भएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताए । क्रिकेटलाई संस्थागत रुपम लिएर अगाडी बढाउनुपर्ने उनले बताए ।

कार्यक्रममा सप्तरी जिल्ला क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले क्रिकेट क्षेत्रमा बुझेका व्यक्ति नेतृत्वमा पुगेमात्र यस क्षेत्रको विकास हुने बताए । यस्ता प्रकारका क्रिकेट खेल मोरङ र सप्तरीमात्र नभएर सबै जिल्लामा क्रिटेक प्रतियोगिता भएमात्र यस खेल व्यवसायिक बनेर अगाडी बढने बताए ।

कार्यक्रममा पुर्व राष्ट्रिय क्रिकेटरद्वय डा. मनिषराज पाण्डे, दिपेन्द्र चौधरीले क्रिकेट खेलक्षेत्रको विकासमा सबै लाग्नु पर्नेमा जोड दिए ।

( साभार – खबरपूर्वान्चल )

२०७७ फाल्गुन १, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment