चितवन, फागुन २–
जुनियर विश्व वरियतामा तेस्रो नम्बरका खेलाडी प्रिन्स दाहाल चितवनमा भएको प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगता २०७७ को फाइनलमा पराजित भएका छन् । मेन्स सिङ्गलतर्फको उपाधि भिडन्तमा एपिएफबाट खेलेका प्रिन्स दाहाल एपिएफकै दिपेश धामीसंग पराजित भएका हुन् ।
दाहाललाई शनिबार राति भएको फाइनल खेलमा धामीमले २१–१९ र २२–२० को सोझो सेटमा हराउँदै उपाधि उचाल्न सफल भए । पहिलो सेट सहजै गुमाएका प्रिन्सले दोस्रो सेटमा कडा टक्कर दिएका थिए । २०–१९ को अग्रता लिएपनि त्यसपश्चात लगातार धामी हावी भएपछि २२–२० को अवस्थामा दोस्रो सेट गुमाउन पुग्यो । जितसंगै धामीले १ लाख १५ हजार रुपैयाँ पुरस्कार, ट्रफी प्राप्त गरे भने उपविजेतामै चित्त बुझाएको दाहालले ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । सेमीफाइनलमा प्रिन्सले भोजपुरका विकास श्रेष्ठलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए भने धामीले त्रिभुव आर्मीका नविन श्रेष्ठलाई पराजित गर्दै प्रिन्ससंगको भिडन्त पक्का गरेका थिए ।
यस विधातर्फ सेमिफाइनलमा पराजित भएका त्रिभुवन आर्मी क्लवका नविन श्रेष्ठ र भोजपुरका विकास श्रेष्ठले तेस्रो स्थान हासिल गरे । उनीहरुले समान नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गरे ।
यस्तै प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगता २०७७ अन्तरगत वुमन्स सिङ्गलतर्फको उपाधि जेसिका गुरुङले जितेकी छन् । भरतपुर कवर्डहलमा शनिबार साझ भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लवकी रसिला महर्जनलाई पराजित गर्दै एपिएफकी जेसिका गुरुङले उपाधि जितेकी हुन् । पहिलो सेट २१–१८ ले जितेकी जेसिका दोस्रो सेटमा १७–२१ ले गुमाइन् । अन्तिम सेटमा पुनरागमन गर्दै जेसिकाले २१–१७ ले नै रसिलालाई हराइन् र उपाधि जितिन् । उनले नगद एक लाख १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । दोस्रो स्थानमा चित्त बुझाएकी रसिलाले ५५ हजार नगद, ट्रफी प्राप्त गरिन् ।
यस विधातर्फ त्रिभुवन आर्मी क्लवकी अनुमाया राइ र अमिता गिरीले तेस्रो स्थान प्राप्त गरिन् । सेमीफाइनलमा पराजित भएपछि उनीहरु तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएका हुन् । उनीहरुले १५/१५ हजार रुपैयाँ प्राप्त गरे ।
यसैगरि यस प्रतियोगितामा मेन्स डबलतर्फको विधामा त्रिभुवन आर्मी क्लवका नविन श्रेष्ठ र रत्नजित तामाङको जोडी प्रथम भएको छ ।
उनीहरुले ६० हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गरे । एपिएफका दिपेश धामी र गौतम कठायतको जोडी द्धितीय, साइनोका राम बानियाँ र सुजन थापाको जोडी र र त्रिभुवन आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले तृतीय स्थान हासिल गरेको छ । द्धितीय हुने जोडीले ३० हजार र तृतीय हुने जोडीले समान १०/१० हजार रुपैयाँ प्राप्त गरे ।
त्यसैगरी मेन्स डबल २० र्याङ्किङ तर्फ त्रिभुवन आर्मी क्लवका पविन लिनथेप र सुरज महर्जनको जोडी प्रथम भएको छ । बुटवल व्याडमिन्टन संघका विश्व नेपाल र गणेश रायमाझीको टोलीलाई हराउँदै आर्मीको टोलीले उपाधि जितेको हो । विजेता टिमले २५ हजार नगद, ट्रफी, मेडल प्राप्त ग¥यो भने उपविजेतामा चित्त बुझाएको बुटवलको टोलीले २५ हजार नगद, ट्रफी र मेडल प्राप्त ग¥यो । सेमीफाइनलमा पराजित दुई टिमहरु साइनोका अभिशेक बोस, सुजन थापा र कास्कीको भुगोल गुरुङ, विशाल खड्काको जोडी तेस्रो स्थानमा चित्त बुझाउँदै समान ७ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त ग¥यो ।
यस्तै ब्याइज अण्डर १७ तर्फ त्रिभुवन आर्मी क्लवका आयुस्मान नगरी प्रथम भए । उनले नगद ३० हजार, ट्रफी र मेडल प्राप्त गरे । सुर्खेतका नरेन्द्र बम द्धितीय, त्रिभुवन आर्मी क्लवका भोजबहादुर गुरुङ र हिमाल चन्द तृतीय स्थान हासिल गरे । उनीहरुले क्रमशः १५ हजार, ५ हजार र ट्रफी प्राप्त गरे ।
त्यस्तै गल्र्स अण्डर १७ तर्फ त्रिभुवन आर्मी क्लवकी रसिला महर्जन प्रथम भइन् । उनले नगद ३० हजार, ट्रफी, मेडल प्राप्त गरिन् भने कैलालीकी प्राथना देउवा द्धितीय भइन् साथै नगद १५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरिन् । पाल्पाकी दिया शाक्य र मोरङकी रोज पाण्डे तृतीय भए । उनीहरुले समान ५ हजार रुपैयाँ, मेडल र ट्रफी प्राप्त गरे ।
यस्तै मेन्स डबलतर्फ ४५ वर्षमाथिको उमेर समूहमा पूर्णहरि होना र सञ्जय कपालीको जोडी विजयी भएको छ । यी जोडीले नगद ३० हजार, मेडल र ट्रफी प्राप्त गरे । वीरेन्द्र सिंह र अनिल लाखेको जोडी द्धितीय भयो भने बसन्तमान बज्रचार्य र महेशमान बज्रचार्यको जोडी, श्याम पराजुली र नविनबाबु श्रेष्ठको जोडी तेस्रो भएको छ । उनीहरुले क्रमशः १५ हजार, समान ५/५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरे ।
यसैगरि मेन्स डबलतर्फ ५५ वर्षमाथिको उमेर समूहतर्फ चितवनका बुद्धि चौधरी र पुष्प श्रेष्ठको जोडी प्रथम भएको छ । यी जोडीले नगद ३० हजार, मेडल र ट्रफी प्राप्त गरे । राजेन्द्र शाक्य र विष्णुलाल श्रेष्ठको जोडी द्धितीय भयो भने चितवनको कालिदाश पाण्डे र राजु थापाको जोडी, चितवनकै राजु कुमाल र उपेन्द्र सिंह पन्तको जोडी तृतीय स्थान हासिल गरेको छ । उनीहरुले क्रमशः १५ हजार, समान ५/५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरे ।
चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको यस प्रतियोगिता चार दिनसम्म चल्यो ।
( साभार – नारायणीअनलाइन )