एपीएफ उपाधि नजिक

सशस्त्र प्रहरी बल(एपीएफ) राष्ट्रिय महिला लिगको उपाधि जित्नबाट एक जित मात्रै टाढा छ । एपीएफले नेपाल पुलिसलाई २–१ ले हराएपछि बाँकी रहेको दुईमध्ये एक खेलमा जित हात पारे ऊ उपाधि जित्नेछ ।

एपीएफले दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबभन्दा पाँच अङ्कको अग्रता कायम गरेको छ । दुबै टोलिले दुई खेल खेल्न बाँकी छ । त्रिभुवन आर्मी क्लबले नेपाल पुलिसविरुद्धको अर्को खेलमा हार बेहोरे वा बराबरी खेले पनि एपीएफले उपाधि उचाल्नेछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार सम्पन्न खेलमा एपीएफका लागि रबिना गोलेले एक गोल गरिन् । उनको गोल निर्णायक रह्यो । त्यसअघि घिमकुमारी गुरुङ्गले आफ्नै पोष्टमा गोल गरेपछि एपीएफले अग्रता कायम गरेको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएपछि सुष्मा तामाङ्गको प्रहार गुरुङ्गलाई छोएर पोष्टमा छिरेपछि एपीएफले अग्रता बनायो । ७५ औं मिनेटमा अमृता जैसीको प्रहार गोलमा परिणत हुँदा नेपाल पुलिसले खेलमा १–१ को बराबरी गर्यो । पुलिसकी अमृता जैसी जारी राष्ट्रिय महिला लिगमा एपीएफको पोष्टमा गोल गर्नुहुने पहिलो खेलाडी बनिन् ।

एपीएफले लिगमा पहिलो पटक अङ्क गुमाउन जोखिम बढिरहँदा रबिना गोलेले ७५ औं मिनेटमा गोल गरेर पुलिसमाथि २–१ को सुनिश्चित गरिन् ।

२०७७ फाल्गुन ३, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment