एनएनआईपीए स्पोर्ट्स अवार्ड : गौरिका र मण्डेकाजी उत्कृस्ट

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ द्वारा आयोजित एनएनआईपीए १५ औं सस्करणको अवार्डको ग्लोबल आईएमई बेष्ट प्लेयर अवार्ड पौडीकी गौरिका सिंह र करातेका मण्डेकाजी श्रेष्ठले जितेका छन् ।

भक्तपुरको थिमीमा शनिवार सम्पन्न अवार्डमा उनीहरु उत्कृष्ट हुँदै नगद १–१ लाख हात पारेका हुन । त्यसै गरी कार्याक्रममा २६ जना खेलाडी सम्मानित भएका छन् । उनीहरु २०७६ सालमा गरेको प्रदर्शनका आधारमा सम्मानित भएका हुन् । सम्बन्धित खेल संघहरुको सिफारिसमा उनीहरु सम्मानित भएका थिए । सम्मानित हुनेहरुमा १३ औं दक्षिण एशियाली खेलकुद सागमा पदक विजेताहरु रहेका छन् ।

यसैगरी, गल्फका सुवास तामाङ र महिला तर्फ कुस्तीकी संगिता धामीलाई उदयमान खेलाडीको अवार्ड प्रदान गरिएको छ । उनीहरुले नगद ५० हजार प्राप्त गरेका छन् । प्रतिभावान खेलाडीको अवार्ड भने तेक्वान्दोकी आयशा शाक्य र फुटबलर सुजल श्रेष्ठले हात पारे ।

१६ औं संस्करणको अवार्ड गोदावरी नगरपालिकाले आयोजना गर्ने त्यहाँका नगर पालिकाका मेयर गजेन्द्र महर्जनले घोषणा गरे । कार्यक्रम संघका अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

एनएनआईपीए स्पोर्टस अवार्डमा सम्मानित हुने खेलाडीहरु :

सनातन मल्ल (आर्चरी) , सन्तोषी श्रेष्ठ (एथलेटिक्स) , रत्नजीत तामाङ (ब्याडमिन्टन) , अनुसा मल्ल (बास्केटबल) , मिनु गुरुङ (बक्सिङ) , अन्जली चन्द (क्रिकेट) , बुद्धिबहादुर तामाङ (साईक्लिङ) , रविना थापा (फेन्सिङ) , सुजल श्रेष्ठ (फुटबल) , सुवास तामाङ (गल्फ) , कल्पना वली (ह्याण्डबल) , देविका खड्का (जुडो) , मेनुका कुमारी राजवंशी (कबड्डी) , मण्डेकाजी श्रेष्ठ (कराते) , श्याम बुढाथोकी (खोखो) , प्रदीप खड्का (लनटेनिस) , कल्पना परियार (सुटिङ) , गौरिका सिंह (स्वीमिङ) , पुरुषोत्तम बज्राचार्य (टेबलटेनिस) , विपन ब्लोन (स्क्वास) , आइशा शाक्य (तेक्वान्दो) , सोनी गुरुङ (ट्राइथलन) , कुलबहादुर थापा (भलिबल) , विकास थापा (वेट लिफ्टिङ) , संगीता धामी (कुस्ती) , जुनी राई (उसु) , केशब थापा (पारा टेबल टेनिस) , रोशन राउत उत्कृष्ट पत्रकारिता पुरस्कार , अकबर साह कराते प्रशिक्षक गजराज जोशी आदर्श अवार्ड

२०७७ फाल्गुन ९, आईतवार मा प्रकाशित