‘नेपाल सुपर लिग’ बैशाख ११ गतेबाट

नेपालको पहिलो फ्रेन्चाईज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिता बैशाख ११ गतेबाट सुरु हुने भएको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट र अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा लिग शुरु हुने जानकारी गराइएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता बैशाख २५ गतेसम्म संचालन हुनेछ ।

राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा कुल १९ खेल हुने छन् । टिममा विदेशी खेलाडी राख्न पाइनेछ । खेलाडीको छनोट अक्सनबाट हुनेछ । अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नु पर्नेछ ।

टिम र टिम मालिकको नाम भने यसै महिनाभित्र सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

२०७७ फाल्गुन १०, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment