नेपाली महिला राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्स नियुक्त भएका छन् ।
बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिलिप्सलाई महिला फुटबल टिमको प्रशिक्षकमा नियुक्त गरेको हो ।
एन्फाको टेक्निकल डिरेक्टरको रुपमा रहेका फिलिम्पसलाई एन्फाको पाँच सदस्यीय प्राविधिक समितिले महिला टिमको मुख्य प्रशिक्षकका लागि प्रस्ताव गरेको थियो ।
फिलिप्सले यसअघि सन् २०१४ देखि २०१५ सम्म पपुवा न्युगिनीको महिला फुटबल टिमको प्रशिक्षक भएर काम गरेका थिए ।
महिला फुटबल टिमको प्रशिक्षकबाट हरि खड्काले राजीनामा दिएपछि पद रिक्त थियो ।