ईंग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले वेष्टह्याम युनाइटेडलाई पराजित गर्दै लिग तालिका मा १३ अंकको अग्रता बनाएको छ ।
शनिबार भएको खेलमा सिटीले वेष्टहमलाई २-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन रुबेन डियास र जोन स्टोन्सले १/१ गोल गरे ।
खेलको ३०औं मिनेटमा डियासले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, ४३ औं मिनेटमा वेष्टहमका मिचेल एन्टोनियोले गोल गर्दै खेल १-१ को बराबरी मा ल्याए । ६८ औं मिनेटमा स्टोन्सले गोल गर्दै सिटीलाई २-१ को जित दिलाए ।
यो जितपछि सिटीले सबैखाले प्रतियोगितामा लगातार २० औं जित हात पारेको छ । प्रिमियर लिगमा भने सिटीको यो लगातार १४ औं जित हो ।
जितपछि सिटीले दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडमाथि १३ अंकको अग्रता बनाएको छ ।
लिग लिडर सिटीले २६ खेलबाट ६२ अंक जोडेको छ । दोस्रो स्थानको युनाइटेडको २५ खेलबाट ४९ अंक छ ।
२६ खेलबाट ४५ अंकसहित वेष्टहम चौथो स्थानमा छ ।
