एनएसएलः एफसी चितवनको मार्की खेलाडीमा भरत खवास

एफसी चितवनको मार्की खेलाडीमा भरत खवास अनुबन्धन भएका छन् । आउँदो वैशाखमा सुरु हुन लागेको नेपाल सुपर लीग (एनएसएल)का लागि चितवनले राष्ट्रिय फुटबल टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड खवासलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गरेको हो ।

एनएसएलको फ्रेन्चाइज टिम चितवनले बुधबार भरतसँग सम्झौता गरेको गरि सकेको छ । यस्तै चितवनले मेघराज केसीलाई मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ । उनको सहायक प्रशिक्षकमा शैलेश कर्माचार्य रहेका छन् ।

चितवनका तर्फबाट सचिन ढकालले भरत, केसी र कर्माचार्यसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल, एफसी चितवनका हेड कोच मेघराज के।सी, एसिस्टेन्ट कोच शैलेश महर्जन र मार्कोप्लेयर भरत खवास एवम् आइएमई ग्रुपमा कार्यरत उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने एनएसएलमा लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

२०७७ चैत्र ७, शनिबार मा प्रकाशित