चाइनीज ताइपेईविरुद्ध नेपाल २–० ले विजयी

विश्वकप र एसिया छनोट अन्तर्गत चाइनीज ताइपेईविरुद्ध नेपाल २–० ले विजयी भएको छ। प्रतियोगितामा नेपालको यो दोश्रो जित हो।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे ।

सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल चाइनिज ताइपेईमाथि हावी भएको थियो । नेपालले चौथो मिनेटमा पेनाल्टी मार्फत अन्जन विष्टको गोलमा सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले अघि रहेको नेपाल दोस्रो हाफमा थप एक गोल गरेको थियो ।

दोस्रो हाफको अन्त्यतिर दोस्रो हाफमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले ८२ औं मिनेटमा आकर्षक गोल गरेपछि नेपाल २–० ले विजयी भएको हो । यसअघि नेपालले पहिलो चरणमा पनि चाइनीज ताइपेईलाई  २–० अन्तरलेनै पराजित गरेको थियो ।

नेपालले प्रतियोगिता अन्तर्गत आगामी खेल जेठ २४ गते जोर्डन तथा जेठ २८ गते अस्ट्रेलिया बिरुद्ध खेल्ने तालिका रहेको छ।

जित पछि नेपाल अंकतालिकाको चौथो स्थानमा रहेको छ। अस्ट्रेलिया पहिलो, कुवेत दोश्रो र जोर्डन तेश्रो स्थानमा रहेका छन्। अस्ट्रेलियाको १२ तथा कुवेत र जोर्डनको समान १० अंक रहेको छ। नेपालको ६ अंक पुगेको छ भने चाइनीज ताइपेई सबै खेलमा हार पछि अंकविहिन रहेको छ।

विश्वकप छनोट प्रतियोगिताको दोश्रो चरण पुग्ने सम्भावना नेपालले गुमाइसकेको छ।

सम्बन्धित 

इराकविरुद्ध नेपाल ६-२ गोलले पराजित

खराब सुरुवात पछि बर्न्स र रुटको साझेदारीले इंग्ल्यान्ड सम्हालियो

नेपालले दुई बलमै जितेको खेल

रोमान्चक खेलमा नेदरल्याण्डद्वारा आयरल्याण्ड १ रनले पराजित

२०७८ जेष्ठ २१, शुक्रबार मा प्रकाशित