विश्वकप छनोट : नेपालको भेट जोर्डनसंग आज

फिफा विश्वकप-२०२२ र एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज बलियो प्रतिद्वन्दी जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्नेछ। खेल राति ९:४५ बजे सुरु हुनेछ।

पहिलाे खेलमा चाईनिज ताईपेलाई २-० ले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रिनेछ। जोर्डन पनि नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशा जीवित राख्न चाहन्छ।


अहिलेसम्म जाेर्डनसँग नेपाल तीन पटक खेलेकाे छ। तीन खेल मध्ये दुई खेलमा पराजित भएकाे छ, भने एक खेल बराबरीमा राेकिएकाे थियाे।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ। बाँकी खेलमा जित निकाल्दै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ।

२०७८ जेष्ठ २४, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment