नेपाल महिला फुटबल : एसिया कप छनोटको समूह ‘एफ’मा

काठमाडौं, १० असार ।

सन् २०२२ मा भारतमा हुने महिलाहरुको एएफसी एसियाली कप फुटबल छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ । नेपाल रहेको समूहमा फिलिपिन्स र हगकङ रहेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा भर्चुअल माध्यमबाट आज ड्र गरिएको थियो । उक्त प्रतियोगितामा सहभागी २८ मुलुकमध्ये ४–४ समूह र ३–३ देशलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक ग्रुपको शीर्ष स्थानमा रहेको टोलीले एसिया कपमा स्थान पक्का गर्ने छ ।

छनोट चरणका खेल आगामी सेप्टेम्बर १३ देखि २५ तारिखसम्म हुने छ । महिला एसियाली कप सन् २०२२ को जनवरी २० देखि फेब्रुअरी ५ तारिखसम्म हुने कार्यक्रम रहेको अखिल नेपाल संघ ९एन्फा०ले जनाएको छ ।

२०७८ असार ११, शुक्रबार मा प्रकाशित