विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद सम्पन्न भएको छ ।
कोरोना महामारीको त्रासबीच पनि जापानको राजधानी टोकियोमा आज प्राविधिक रुपमा उत्कृष्ट कार्यक्रमबीच ओलम्पिक सम्पन्न भएको छ । समापन कार्यक्रममा जापानको कला संस्कृति झल्किने प्रदर्शन गरिएको थियो ।
आयोजक जापानले इतिहासमै उत्कृष्ट नतिजा निकाल्दै तेस्रो स्थान प्राप्त गरेको छ । जापानले २७ स्वर्णसहित १४ रजत र १७ कास्य गरि कुल ५८ पदक जित्यो ।
टोकियो ओलम्पिकमा अमेरिका सर्वाधिक पदक जित्दै टिम च्याम्पियन बनेको छ । प्रतियोगिता अवधिभर अधिकांश दिन शिर्ष स्थानमा रहेको चाइना भने अन्तिम दिनको अन्तिम समयमा एक स्वर्णले पछि पर्दै दोस्रो स्थानमा झर्यो । अमेरिकाले ३९ स्वर्ण, ४२ रजत र ३३ कास्यसहित कुल १ सय १३ पदक हात पार्यो । चीनले ३८ स्वर्ण,३२ रजत र १८ कास्य गरि कुल ८८ पदक जितेको हात पार्यो ।
टोकियो ओलम्पिकमा २ सय ६ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । अब अर्को संस्करणको ओलम्पिक फ्रान्समा आयोजना हुनेछ । सन् २०२४ को ओलम्पिक फ्रान्सको पेरिसमा हुनेछ ।