युरोपेली च्याम्पियन्स चेल्सीले गए राति सम्पन्न खेलमा क्रिस्टल प्यालेसलाई ३-० गोलअन्तरले सहजै पराजित गर्दै २०२१/२२ सिजनको इंग्लिस प्रिमियर लिगमा सानदार सुरुवात गरेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि मार्काेस अलन्सो, क्रिस्टियन पुलिसिच र ट्रिभो चलोवाहले समान एक-एक गोल गरे।
खेलमा आक्रामक सुरुवात गरेको चेल्सीले २७ औं मिनेटमा अलन्सोको फ्रिकिक गोलमार्फत सुरुवाती अग्रता लिएको थियो। उनले २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहारमा प्यालेसका गोलरक्षकसंग कुनै जवाफ थिएन।
खेलको ४० औं मिनेटमा अमेरिकी खेलाडी पुलिसिचले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे। मेसन माउन्टकोलो क्रसलाई प्यालेसका गोलरक्षक इडुआर्ड मेन्डीले बचाएता पनि रिबाउन्डमा आएको बलमा पुलिसिचले कुनै गल्ति गरेनन्।
पहिलो हाफको समाप्तिमा चेल्सीले घरेलु समर्थक माझ २-० को आरामदायी अग्रता बनाएको थियो।
दोस्रो हाफको ५८ औं मिनेटमा लिगमा डेब्यु गरिरहेका ट्रेभो चलाबोहले गोल गर्दै चेल्सीलाई ३-० को अग्रता बनाए। करिव ३५ यार्ड टाढाबाट उनले गरेको लांग रेन्ज प्रहारले जाली चुम्न पुग्यो। खेलमा पकड जमाएको चेल्सीले प्यालेसका नवनियुक्त प्रशिक्षक प्याट्रिक भेइराको पहिलो खेलमै ३-० को हार चखाएको छ।
जितसंगै चेल्सीले ३ अंक जोडेको छ। उसले यसै साता सम्पन्न युरोपेली सुपर कप समेत जितेको थियो।