ओजिलले तोडे १८ महिने लामो गोलको खडेरी

आर्सनलका पुर्व मिडफिल्डर मेसुट ओजिलले करिव १८ महिना लामो गोलको खडेरी तोडेका छन्। ८ महिना अगाडी आर्सनलबाट फेनेरबाचेमा अनुबन्धित भएका उनले क्लबको लागि आफ्नो पहिलो गोल गरेका हुन्।

ओजिलले टर्कीस क्लब फेनेरबाचेबाट आफ्नो व्यावसायिक फुटबल खेल्दै आएका छन्। सुपर लिग अन्तर्गत फेनेरबाचेलाई डेमिर्स्पोरविरुद्ध १-० को कठिन जित दिलाउन उनले खेलको ४६ औं मिनेटमा निर्णायक गोल गरेका हुन्। जितसंगै फेनेरबाचेले लिगमा ३ महत्वपूर्ण अंक जोड्दै विजयी सुरुवात गरेको छ।

उनले अन्तिम पटक गत वर्ष फेब्रुअरीमा गोल गरेका थिए।


ओजिलले क्लबबाट सुरुवाती खेलहरुमा निराशाजनक प्रदर्शन गरेका थिए। सुरुवाती ११ खेलमा सिवास्पुरविरुद्ध सिजनको अन्तिम खेलमा २-१ गोलअन्तरले पराजित हुदाँ १ असिस्ट दिनु बाहेक उनको अन्य योगदान थिएन। घरेलु मैदानमा ६ खेल खेल्दा ओजिलले १ खेलमा जित तथा अन्य ४ खेलमा हारको सामना गरेका थिए।

उनले अन्तिम पटक आर्सनलको प्रतिनिधित्व गर्दै न्युकासलविरुद्ध ४-० को फराकिलो जित दर्ता गर्दा गोल गरेका थिए। त्यस सिजनको यो उनको एकमात्र र आर्सनल जर्सीमा अन्तिम गोल समेत थियो।

जर्मिनाबाट २०१५ मा विश्व कप जितेका ओजिलले स्पेनिस क्लब रियल म्याड्रिडबाट ३ सिजन तथा इंग्लिस क्लब आर्सनलबाट ६ सिजन खेल्दा  थुप्रै सफलताहरु हात पारेका थिए।

२०७८ श्रावण ३२, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment