साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीबाट १० खेलाडी बाहिरिएका छन्। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले तेस्रो चरणको छनोटमा ३८ सदस्यीय टोलीबाट २८ खेलाडी छनोट गरेका हुन्।
राष्ट्रिय फुटबल टोलीले हाल पोखरा रंगशालामा अभ्यास गरिरहेको छ। दुई साता लामो प्रशिक्षणका लागि राष्ट्रिय टोलि असोज २६ गते पोखरा आएको थियो।
अनुभवी फवार्ड भरत खवाससंगै मिडफिल्डर विक्रम लामा र डिफेन्डर रन्जित धिमाल २८ सदस्यीय टोलीमा अटाएनन्। यस्तै फरवार्ड जर्जप्रिन्स कार्की, राजीव लोप्चन, संजोक राई, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, रन्दिप पौडेल र विशाल सुनार पनि टोलीबाट बाहिरिएका छन्।
दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा आयोजना हुँदैछ। प्रतियोगिता आयोजना गर्नका लागि नेपाल र माल्दिभ्सले दक्षिण एशियाली फुटबल महासङ्घसमक्ष प्रस्ताव राखेकामा माल्दिभ्सले अनुमति पाएको हो ।
त्यसको तयारि स्वरूप नेपालले भारतसंग घरेलु मैदान दशरथ रंगशालामा भदौ १७ र २० गते दुईवटा मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ।
प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिपका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा ५० खेलाडीलाई बोलाएका थिए। जसपछी दोस्रो चरणको छनोटबाट १४ खेलाडी बाहिरिएका थिए।
२८ सदस्यीय टोली : किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, अभिषेक रिजाल, शिशिर लेखी