विमानबाट लडेर १९ वर्षीय अफगान फुटबलरको मृत्यु

अमेरिकी विमानबाट लडेर मृत्यु हुनेमा एक जना युवा अफगान फुटबलर रहेको पुष्टि भएको छ । अफगान अधिकारीहरुका अनुसार काबुल विमानस्थलबाट उडान भर्दा झुण्डिएका १९ वर्षीय जाकी अनवारीको लडेर मृत्यु भएको हो ।

उनले अफगानिस्तानको राष्ट्रिय युवा टोलिबाट फुटबल खेलका थिए । उनको मृत्यु कहिले भयो सम्बन्धमा अझै खुलेको छैन । अफगानिस्तानको भौतिक शिक्षा र खेलकूद महानिर्देशकको कार्यालयले फेसबुकमा अनवारीप्रति श्रद्धासुमन अपर्ण गरेको छ । तर, गत सोमबार काबुल विमानस्थलबाट उडान भरेको अमेरिकी विमानबाहिर झुण्डिएका यात्री लडेको भिडियो दृश्य समाजिक संजालमा भाइरल भएको थियो ।

तालिबानले आइतबार काबुल नियन्त्रणमा लिएपछि हजारौं सर्वसाधारण अफगानिस्तान छोडन विमानस्थल पुगेका थिए । बीबीसीले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै कम्तिमा दुई जनाको विमानबाट लडेर मृत्यु भएको उल्लेख गरेको छ ।

सार्वजनिक भएको तस्विरहरुमा विमान उडान भर्न लाग्दा सयौंको संख्यामा रहेका स्थानीय विमानसँगै दौडेका थिए । अमेरिकी अधिकारीहरुले समेत विमान कतारमा अवतरण गर्दा अवतरण ‘गियर’ मा मानव अवशेष फेला परेको पुष्टि गरेका छन् ।

२०७८ भाद्र ४, शुक्रबार मा प्रकाशित