यूईएफए प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक

यूईएफए च्याम्पियन्स लिग फुटबलको प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक भएको छ ।

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार मनोनयन सार्वजनिक गरेको हो । पुरुषतर्फ मनोनयनमा म्यानचेष्टर सिटीका केभिन डे ब्रुएना तथा चेल्सीका एन गोलो कान्टे र जर्गिन्हो परेका छन् । तीनै खेलाडी प्रिमियर लिगमा खेल्दै आएका छन् । साथै, तीनै खेलाडी मिडफिल्डर हुन् । अवार्डको ११ वर्षे इतिहासमा अन्तिम ३ मा तीनै जना मिडफिल्डर परेको यो पहिलो पटक हो । तिनै जना खेलाडीले हालसम्म यो अवार्ड जित्न सकेका छैनन् ।

यस्तै, लिओनेल मेसी चौथौं, रोवर्ट लेवान्डोस्की पाँचौ, जियानलुजी डोनारुम्मा छैटौं, किलियन एमबाप्पे सातौं, रहिम स्टर्लिङ आठौं, क्रिस्टियानो रोनाल्डो नवौं र एर्लिन हालान्ड दशौँ स्थानमा रहे ।

महिलातर्फ शीर्ष तीनको मनोनयनमा जेन्नी हेर्मोसो, लिकी मार्टेन्स र एलेक्सिया पुटेलास छन् ।पुरुषको कोच अफ दि इयरको मनोनयनमा पेप ग्वार्डीओला, रोबर्टो मान्सिनी र थोमस टुचेल शीर्ष तीनमा रहेका छन् ।

महिला कोचको मनोनयनमा लुइस कोर्टेस, पिटर गेर्हार्डसन र इम्मा हाएस शीर्ष तीनमा रहेका छन् ।

विजेताको घोषणा यही अगष्ट २६ मा टर्कीको इस्तानबुलमा हुने २०२१-२२ च्याम्पियन्स लिगको समूह चरणको घोषणा कार्यक्रममा गरिनेछ ।

२०७८ भाद्र ४, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment