२०२१/२२ सिजनको इंग्लिस प्रिमियर लिग अन्तर्गत दोस्रो साताको खेलमा आज शनिबार ६ खेलहरु हुँदैछन् ।
दिनको पहिलो खेलमा लिभरपुलले घरेलु मैदान एनफिल्डमा बर्नलीको सामना गर्नेछ । खेल नेपाली समय अनुसार साँझको ५:१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नर्विचलाई ३-० ले पराजित गरेको लिभरपुल आजको खेलमा सोहि नतिजा दोर्याउने सोचमा रहनेछ । घरेलु मैदानमा ब्राइटनसँग २-१ ले पराजित भएको बर्नली भने लिगमा पहिलो अंक निकाल्ने अपेक्षामा रहनेछ ।
अर्को खेलमा साविक विजेता म्यानचेस्टर सिटीले आफ्नो घरेलु मैदानमा नर्विचको सामना गर्नेछ । खेल नेपाली अमी अनुसार रातिको ७:४५ बजे हुनेछ। आफ्नो पहिलो खेलमा टोटेनहमसँग १-० को हार व्यहोरेको सिटी नर्विचलाई सहजै पराजित गर्दै लय पकड्ले सोचमा रहेनछ । पहिलो खेलमा पराजित भएको नर्विच भने अंक खोस्ने लक्ष्यसहित मैदान उत्रने छ ।
७:४५ बजेनै आज अन्य ३ खेलहरु हुदैँछन् । एस्टन भिल्ला र न्युकासल युनाइटेड पहिलो जित निकाल्ने सोचमा भिड्नेछन् । पहिलो खेलमा आर्सनलाई हराएको ब्रेन्टफर्ड क्रिस्टल प्यालेसविरुद्ध लगातार जितको लक्ष्यसहित मैदान उत्रनेछ । लिड्स र एभर्टन पनि पहिलो अंक जोड्ने प्रयासमा हुनेछन् ।
दिनको अन्तिम खेलमा ब्राइटन र वाटफर्ड लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित आमने-सामने हुनेछन् । उक्त खेल नेपाली समय अनुसार रातिको १०:१५ बजे हुनेछ ।