संगीताको घातक बलिंगमा नेपाल विजयी

युएईमा नोभेम्बर २२ तारिख देखि आयोजना हुने महिला टि-ट्वान्टी विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीको लागि बंगलादेशको भ्रमणमा रहेको नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले ‘बंगबन्धु बंगलादेश कृरा शिक्षा प्रतिष्ठान मैत्रीपूर्ण क्रिकेट सिरिज’ अन्तर्गत पहिलो खेलमा २४ रनको जित दर्ता गरेको छ।

बंगलादेश कृरा शिक्षा प्रतिष्ठान बिरुद्ध सिरिजको पहिलो खेलमा नेपालले दिएको ७३ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश कृरा शिक्षा प्रतिष्ठानले १७.१ ओभरमा सबै विकेट गुमाएर ४८ रन मात्र बनाउन सक्यो। उसको लागि ओपनर फर्जाना लिजाले सर्वाधिक २५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालको बलिंगमा संगीता राईले सर्वाधिक ४ विकेट हात पारिन् जुन क्रममा उनले ३.१ ओभर बलिंग गर्दै मात्र ४ रन खर्चिन्। कविता कुँवर, सिता राना मगर, रुबिना क्षेत्री र सरस्वति चौधरीली समान एक विकेट हात पारे।

बंगलादेश कृरा शिक्षा प्रतिष्ठान मैदानमा टस जितेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट क्षेतीमा ७२ रन बनाएको थियो।

नेपालको लागि कविता जोशीले सर्वाधिक २३ र बनाईन् जुन क्रममा ३९ बलमा १ चौका प्रहार गरिन्। कप्तान रुबिना क्षेत्रीले अविजित १६ रन, काजल श्रेष्ठले १२ रन बनाईन्। सिता राना मगरले ७, इन्दु बर्माले ३, सरिता मगरले २ तथा कविता कुँवरले १ रन बनाईन्। २३ रनको ओपनिंग साझेदारी गरेपछि दुवै ओपनर काजल श्रेष्ठ र सिता राना मगर रन आउट भएका थए। इन्दु पनि क्रिजमा जम्न नसकेपछि चौंथो विकेटको लागि कविता र रुबिनाले ४३ रनको साझेदारी गरे।

बंगलादेश कृरा शिक्षा प्रतिष्ठानको बलिंगमा दिशाले ३ विकेट ( ४-०-१९-३ ) तथा शरुले १ विकेट ( हात पारिन् )

सिरिज अन्तर्गत नेपालले ३ वटा खेल खेल्ने तालिका रहेको छ। आगामी खेल नोभेम्बर ८ र १० तारिखमा खेलिनेछ।

बंगलादेश भ्रमण पछि नेपाली टिम स्वदेश फर्किएपछि नेपाली टिम नोभेम्बर १४ तारिखमा नेपालबाट टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्न कतार प्रस्थान गर्ने तालिकाछ। कतारमा नेपालले नोभेम्बर १६, १७ र १८ तारिखमा तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। नेपाली महिला राष्ट्रिय टिमले खेल्ने उक्त सिरिज पहिलो अन्तर्राष्ट्रिय सिरिज हुनेछ। उक्त सिरिज पछि कतारबाटै टिम युएई प्रस्थान गर्नेछ।

सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रीकामा आयोजना हुने महिला विश्वकप टि-ट्वान्टी विश्वकपको छनोट अन्तर्गत नेपालले पहिलो खुड्किलोको रुपमा एसिया छनोट खेल्न लागेको हो। प्रतियोगितामा नेपाल सहित आयोजक युएई, भुटान, हंगकंग, मलेसिया र कुवेत गरि ६ टोलि सहभागी छन्। सहभागी ६ टिमले एकअर्का संग एक/एक खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृस्ट हुने एउटा टिम आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ।

प्रतियोगिताको खेल तालिका अनुसार नेपालले पहिलो खेल नोभेम्बर २२ तारिखमा हंगकंगसंग आईसीसी एकेडेमी मैदान ( २ ) मा खेल्नेछ। यस्तै दोश्रो खेल सोहि मैदानमा नोभेम्बर २३ तारिखमा भुटानसंग, तेश्रो खेल नोभेम्बर २५ तारिखमा कुवेतसंग आईसीसी एकेडेमी मैदान ( १ ) मा, चौंथो खेल मलेसियासंग सोहि मैदानमा नोभेम्बर २६ तारिखमा तथा पाँचौ खेल नोभेम्बर २८ तारिखमा आईसीसी एकेडेमी मैदान ( २ ) मा खेल्नेछ।

नेपाली टिम : रुबिना क्षेत्री ( कप्तान ) , डली भट्ट, सिता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे ( विकेटकिपर ) , सरस्वति चौधरी, काजल श्रेष्ठ ( विकेटकिपर ), सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, संगीता राई , प्रशिक्षक : जगत टमाटा

२०७८ कार्तिक २१, आईतवार मा प्रकाशित