फोटो र भिडियोमा हेर्नुस कसरि मनायो अस्ट्रेलियन टिमले विश्वकप जितको खुसि

न्युजिल्यान्डलाई पराजित गर्दै अस्ट्रेलियाले पहिलो पटक टि-२० विश्वकपको उपाधि जित्न सफल भएको छ। न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य ७ बल बाँकी रहँदै उसले २ विकेट क्षेतीमा पुरा गर्दै ८ विकेटको शानदार जित दर्ता गर्यो। अस्ट्रेलियाको जितमा ब्याटिंगमा मिचेल मार्शले ७७ र डेभिड वार्नरले ५३ तथा बलिंगमा जश हेजलवुडले ३ विकेट लिए।

पहिलो टि-२० विश्वकप उपाधि पछि अस्ट्रेलियन टिमको खुसिको सिमा रहेन। जितपछि रातभर टिमले खुसि मनायो। यस क्रममा अस्ट्रेलियन टिमका खेलाडीहरुले आफुले लगाएको जुत्तामा बियर राखेर पिउदै खुसि मनाएका छन्। खुसि मनाउने उक्त शैली अस्ट्रेलियामा प्रसिद्ध रहेको छ। २० औं शताब्दी देखिनै त्यहाँ यस्तो गरिंदै आएको छ।

भिडियो हेर्नुस

फोटो र भिडियोमा हेर्नुस अस्ट्रेलियाले कसरि मनायो जितको खुसि

२०७८ कार्तिक २९, सोमबार मा प्रकाशित