टि-२० विश्वकपको उपाधि जितेपछि अस्ट्रेलियन कप्तान आरोन फिंचले फाइनल खेलमा टसको भूमिका अहम भएको तर आफ्नो टिमले पनि उत्कृस्ट क्रिकेट खेलेको बताएका छन्। खेलमा टस जितेर अस्ट्रेलियाले न्युजिल्यान्डलाई पहिलो ब्याटिंगको निम्तो दिएको थियो जुन क्रममा न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य अस्ट्रेलियाले मात्र २ विकेट क्षेतीमा पुरा गय्रो। अस्ट्रेलियाले प्रतियोगितामा जितेको सबै खेल पहिले बलिंग गर्दै जित्यो जुन क्रममा ७ मध्ये ६ खेलको टस जित्यो।
“इमान्दार भएर भन्छु टसको भूमिका अहम थियो। तर हामि पहिले ब्याटिंग गर्न पनि तयार थियौं। रातको हरेक खेल जस्तै यहाँ पनि थोरै भए पनि शितको भूमिका थियो र स्पिनरहरुलाई गाह्रो भैरहेको थियो। हामीले पहिलो पटक टि-२० विश्वकप जित्यौं जुन निकै ठूलो उपलब्धि हो। म खेलाडी जसरि अभियानमा अघि बढे त्यस प्रति गर्व गर्छु।” फिंचले बताए।
“टि-२० विश्वकपमा भाग्यको जरुरत हुन्छ। हामीले ७ मध्ये ६ खेलमा टस जित्यौं जसले हाम्रो अभियानमा ठूलो प्रभाव पार्यो। तर तथ्य यो पनि हो कि हामीले उत्कृस्ट क्रिकेट खेल्यौं। हामीले आक्रामक क्रिकेट खेल्यौं जसले गर्दा बिपक्षी टिमहरु ब्याकफुटमा आए।”
उनले थप बताए “जसरि हामीले पुरै प्रतियोगितामा नयाँ बलले बलिंग गर्यौं त्यो निकै महत्वपूर्ण थियो। हामीले फाइनलमा पनि न्युजिल्यान्डलाई १० ओभरमा ५७ रन मात्र बनाउन दियौं। राति अन्य दिन भन्दा बढीनै मैदानमा शित थियो जसको फाइदा हामीलाई भयो।”
प्रतियोगिताको उत्कृस्ट खेलाडी चुनिएका डेभिड वार्नरको फर्मको विषयमा प्रतियोगिता अघि धेरै नकारात्मक कुराहरु लेखिएको जसलाई वार्नरले प्रदर्शन बाट प्रमाणित गरे। त्यस विषयमा बोल्दै फिंच बताए – “मलाई विश्वास लाग्दैन कि मानिसहरुले केहि हफ्ता अघि उनि बारे लेख्दै थिए। त्यो भालुलाई घोच्नु जस्तै थियो। मैले प्रशिक्षक जस्टिन ल्याङ्गरलाई पनि बताएको थिएँ कि उनि प्रतियोगिताको उत्कृस्ट खेलाडी मध्ये हुनेछन्। उनि झुझारू चरित्रका व्यक्ति हुन् र टि-२० क्रिकेटका सर्वकालीन सर्वोत्कृष्ट ब्याट्सम्यान मध्ये एक हुन्।
फिंचले वार्नर प्लेयर अफ द टुर्नामेन्ट चुनिएता पनि आफ्नो लागि लेग स्पिनर एडम जाम्पा उत्कृस्ट भएको बताए – “मेरो लागि जाम्पा प्लेयर अफ द टुर्नामेन्ट हो। उनले खेललाई नियन्त्रणमा राख्दै ठूला विकेटहरु दिलाए।”
सन् २००७ देखि सुरु भएको टि-२० विश्वकपको उपाधि जित्न अस्ट्रेलियाले १४ वर्ष प्रतीक्षा गर्नुपर्यो।