विलियमसंगले भारतसंग टि-२० सिरिज नखेल्ने, साउदीले कप्तानी गर्ने

न्युजिल्यान्ड कप्तान केन विलियमसनले भारत बिरुद्ध आगामी टि-२० अन्तर्राष्ट्रिय सिरिज नखेल्ने भएका छन्।

न्युजिल्यान्डले भारत भ्रमण अन्तर्गत नोभेम्बर १७ तारिख बुधबार देखि तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेल्दैछ। त्यसपछि नोभेम्बर २५ तारिख देखि दुई वटा टेस्टको सिरिज खेलिनेछ। 

विलियमसन नखेल्ने भएपछि टि-२० विश्वकपको उपविजेता टिम न्युजिल्यान्डको कप्तानी फास्ट बलर टिम साउदीले गर्ने छन्। सिरिज खेल्न न्युजिल्यान्ड सोमबार भारतको जयपुर पुगीसकेको छ। दोश्रो टि-२० नोभेम्बर १९ मा राँचीमा तथा तेश्रो टि-२० नोभेम्बर २१ तारिखमा कोलकातामा खेलिनेछ। टेस्ट सिरिजको पहिलो खेल कानपुरमा नोभेम्बर २५ देखि तथा दोश्रो खेल मुम्बईमा डिसेम्बर ३ देखि सुरु हुनेछ। 

टि-२० सिरिज नखेल्ने विलियमसन टेस्ट सिरिजमा भने टिमको कप्तानी गर्नेछन्। न्युजिल्यान्डको टेस्ट विशेष खेलाडीहरुको समुहले जयपुरमा अभ्यास सुरु गरिसकेको छ। विलियमसनले टेस्ट सिरिजमा आफ्नो ध्यान केन्द्रित गर्न टि-२० सिरीज छाडेका हुन्।  

न्युजिल्यान्ड क्रिकेटले कायल जेमीसन, डेरेल मिचेल, ग्लेन फिलिप्स, मिचेल स्यान्टनर पनि दुवै सिरिजको लागि उपलब्ध हुने बताएको छ। टि-२० विश्वकपको दौरान घाइते लकी फर्गुसनले पनि टि-२० सिरिजको दौरान उपलब्ध हुने बताईएको छ। 

टि-२० सिरिजमा भारतको कप्तानी रोहित शर्माले गर्दैछन् भने पहिलो पटक भारतीय टिम राहुल द्रविडको मुख्य प्रशिक्षणमा खेल्नेछ। बिराट कोहलीले टि-२० सिरिज खेल्नेछैन् भने टेस्ट सिरिजको पनि दोश्रो टेस्ट मात्र खेल्नेछन्। कोहलीको अनुपस्थितिमा पहिलो टेस्टको कप्तानी अजिंके रहानेले गर्नेछन्।

न्युजिल्यान्ड टि-२० सिरिजको लागि घोषित भारतीय टिम 

टि-२० टिम : रोहित शर्मा ( कप्तान ) , केएल राहुल, रुतुराज गायकवाड, श्रेयस ऐयर, सुर्यकुमार यादव, रिशभ पन्त ( विकेटकिपर ) , इशान किशन ( विकेटकिपर ) , भेंकटेस ऐयर, युजभेन्द्र चाहल, रभीचन्द्रन आश्विन, अक्षर पटेल, आभेस खान, भुवनेश्वर कुमार, दिपक चाहर, हर्षल पटेल र मोहम्मद सिराज

टेस्ट टिम :
रोहित शर्मा ( कप्तान ) , केएल राहुल, रुतुराज गायकवाड, श्रेयस ऐयर, सुर्यकुमार यादव, रिशभ पन्त ( विकेटकिपर ) , इशान किशन ( विकेटकिपर ) , भेंकटेस ऐयर, युजभेन्द्र चाहल, रभीचन्द्रन आश्विन, अक्षर पटेल, आभेस खान, भुवनेश्वर कुमार, दिपक चाहर, हर्षल पटेल र मोहम्मद सिराज

२०७८ कार्तिक ३०, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment