गुलशनले घातक बलिंग गर्दा सर्लाही विजयी

३ मंसिर, रौतहट

रौतहटमा संचालित प्रदेश-२ स्तरीय वाई वाई यु-१९ एकदिवसिय छनौट प्रतियोगिताको सातौँ दिन सम्पन्न रोमान्चक खेलमा सर्लाहिले महोतरीलाई १२ रनले पराजित गरेको छ ।

गौरको मिल्स मैदानमा सम्पन्न खेलमा सर्लाहिले टस जितेर पहिलो ब्याटिंग गर्दै निर्धारित ४२ ओभरको खेलमा ३६ ओभर ३ बलमा सम्पुर्ण विकेट गुमाई १ सय २७ रन बनाएको थियो । सर्लाहिका लागि मोहमम्द अलि हुसैनले २९, बिवेक ठाकुरले २३, अमित महतोले २७ तथा गुलशन झाले २१ रनको योगदान दिएका थिए । बलिंग तर्फ महोतरीका मोहम्मद युसुफ अलिले ४ विकेट, नितेश यादवले ३ विकेट तथा पुरज ढुंगेलले २ विकेट लिएका थिए ।

१ सय २८ रनको विजयी लक्ष्य लिई मैदानमा ओर्लेको महोतरी कुनै समय राम्रो अवस्थामा रहेपनी गुलशन झाको घातक बलिंग सामु निरिह हुदै २४ ओभरमा सम्पूर्ण विकेट गुमाई १ सय १५ रनमै समेटियो । गुलशन झाले आफ्नो ७ ओभरको स्पेलमा १ मेडन ओभर सहित २७ रन खर्चेर महत्वपुर्ण ६ विकेट लिए। यस्तै गोपिकान्त मुखियाले २ विकेट तथा सन्दिप खड्का र बिशाल पटेलले सामान १ विकेट लिए । महोतरीका लागि सुभाष यादवले २३ रन , मोहम्मद युसुफ अलिले १३ तथा अरुण मण्डलले १० रनको योगदान दिए। 

खेलको प्लेयर अफ द म्याच गुलशन झा चुनिए। 

२०७८ मंसिर ३, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment