नेपालले ‘फोर नेसन्स वुमन्स फुटबल’ खेल्ने

नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतमा आयोजना हुन लागेको ‘फोर नेशन्स नेसन्स वुमन्स फुटबल’ प्रतियोगिता खेल्ने भएको छ ।

मङ्सिर २३ देखि पुस ६ गतेसम्म भारतमा आयोजना हुने प्रतियोगितामा नेपालको सहभागिता पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश र थाइल्यान्डको राष्ट्रिय टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले यसअघि सन् २०१९ मा भारतमै भएको ‘हिरो वुमन्स कप फुटबल’ खेलेको थियो । नेपाल त्यतिवेला उपविजेता बनेको थियो । फाइनलमा नेपाल म्यानमारसँग ३–१ गोलले पराजित भएको थियो । नेपाली महिला टोलीले पछिल्लो पटक गत असोजमा एएफसी महिला एसियन कप–२०२२ छनोट खेल खेलेको थियो । उज्वेकिस्तानमा भएको प्रतियोगितामा नेपालले छनोट चरण पार गर्न भने सकेन ।

( साभार – गोरखापत्र )

२०७८ मंसिर ३, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment