प्रतिस्पर्धात्मक खेलमा पाकिस्तानद्वारा बंगलादेश ४ विकेटले पराजित

बंगलादेशलाई प्रतिस्पर्धात्मक खेलमा ४ विकेटले पराजित गर्दै भ्रमण टोलि पाकिस्तानले तिन खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ। शेरे बांग्ला स्टेडियम, ढाकामा बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले ४ बल बाँकी रहंदा ६ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ९६ रन बनाउदा ६ विकेट गुमाएको थियो। तर अत्य्सपछि सातौँ नम्बरमा ब्याटिंग गरेका शदाब खान र आठौँ नम्बरका मोहम्मद नवाजले सातौं विकेटको लागि १५ बलमा ३६ रनको साझेदारी गर्दै टिमलाई रोमान्चक जित दिलाए। शदावले १० बलमा १ चौका र २ छक्का मद्दतले अविजित २१ तथा नवाजले ८ बलमा १ चौका र २ छक्का मद्दतले अविजित १८ रन बनाए।

खराब सुरुवात गरेको पाकिस्तानले सुरुवाती ४ विकेट २४ रनमै गुमाएको थियो। मोहम्मद रिजवान ११, बाबर आजम ७ तथा हैदर अलि र शोयब मलिक खाता नखोली आउट भए। पाँचौ विकेटको लागि फखर जमान र खुस्दिल शाहले ५६ रनको साझेदारी गरे। जमान र शाह दुवैले समान ३४ रन बनाए।

बंगलादेशका बलर तास्किन एहमदले २ ( ४-०-३१-२ ) तथा मेहदी हसन ( ४-०-१७-१ ) , मुस्तफिजुर रहमान ( ४-०-२६-१ ) र शोरीफुल इश्लामले ( ४-०-३१-१ ) समान एक विकेट लिए।

टस जितेर ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ७ विकेट क्षेतीमा १२७ रन बनाएको थियो। उसको लागि अफिफ होसेनले सर्वाधिक ३६ रन बनाए भने मेहदी हसनले अविजित ३० तथा नुरुल हसनले २८ रन योगदान दिए। पाकिस्तान बलर हसन अलिले ३ विकेट ( ४-०-२२-३ ) , मोहम्मद वासिमले २ विकेट ( ४-०-२४-२ ) तथा मोहम्मद नवाज ( ४-०-२७-१ ) र शदाब खानले ( ४-१-२०-१ ) समान एक विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो र तेश्रो खेल नोभेम्बर २० र २२ तारिखमा खेलिनेछ। त्यसपछि दुई देश बीच दुई वटा टेस्टको सिरिज खेलिनेछ।

२०७८ मंसिर ३, शुक्रबार मा प्रकाशित