नेपाली राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही सम्मानित

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही ५० हजार रुपैयाँ सहित सम्मानित भएकी छिन् । शेरबहादुर खड्का स्मृति प्रतिस्ठानले शाहीलाई शनिबार नगद पुरस्कार सहित ‘शेरबहादुर खड्का स्पेसल अवार्ड’ बाट सम्मान गरेको हो ।

शाहीले आफ्नो कप्तानीमा नेपालालई दई बर्षअघि बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा स्वर्ण र नेपालमा भएको १३औँं दक्षिण एसियाली खेलकद (साग) मा नेपाललाई ऐतिहासिक रजत पदक जिताएकी थिईन् । सोही योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।

सम्मानपछि शाहीले महिला भलिबलमा अझै राम्रो गर्न प्रोत्साहन मिलेको बताईन्- ‘स्पेसल अवार्ड पाउँदा निकै खुशी छु । यस उपाधि टोलीका सम्पूर्ण साथीहरुलाई समर्पण गर्न चाहन्छु । हामी फेरि एभिसी सेन्ट्रल जोन जित्ने अभियानमा छौं,’ । शाहीलाई एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रोशन कुमार न्यौपाने, प्रतिस्ठानकी उपाध्यक्ष कमली खड्का, नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केलगायतले सम्मान गर्नुभएको थियो ।

२०७८ मंसिर ४, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment