यु-१९ राष्ट्रिय क्रिकेट : बागमती प्रदेशद्वारा १४ सदस्यीय टिमको घोषणा

मङ्सिर ७ गते देखि सुरु हुने भनिएको अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि बागमती प्रदेशले १४ सदस्यीय टोलिको घोषणा गरेको छ।

अन्डर-१९ रास्ट्रिय क्रिकेट टिमको लागि खेलीसकेका काठमाडौँका प्रतिश जिसीको कप्तानीमा घोषित टोलिमा छनोट प्रतियोगितामा प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका चितवनका प्रतिक श्रेष्ठ, उत्कृस्ट ब्याट्सम्यान र उदयमान खेलाडी घोषित चितवनका सुर्यांशु कोइराला, उत्कृस्ट बलर चुनिएका भक्तपुरका सक्रिय राज कार्कीले स्थान बनाएका छन्।

घोषित टिम : सुर्याँशु कोइराला, फरिद खान, स्वप्निल सिंह अधिकारी, बिबेक राना मगर, उत्तम थापा मगर, बिपिन शाही, प्रतिश जिसी ( कप्तान ) , प्रतिक श्रेष्ठ, गौतम केसी ( उपकप्तान ) , कृष कार्की, तिलक राज भण्डारी, विशाल यादव, अशोक पौडेल, सक्रिय राज कार्की ( अतिरिक्त खेलाडीहरु – सौरभ श्रेष्ठ, बिपुल खनाल, प्रशान्त महत, रोशन विश्वकर्मा )

टिमको प्रशिक्षकमा संजय महर्जन तथा व्यवस्थापकमा अनिल अधिकारी रहेका छन्।

२०७८ मंसिर ४, शनिबार मा प्रकाशित