वेस्टइन्डिजको श्रीलंका भ्रमण अन्तर्गत दुई टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्ट गालेमा सुरु भएको छ।
गाले अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर ब्याटिंग गरेको श्रीलंकाले पहिलो दिन समाप्तिमा ८८ ओभर ब्याटिंग गर्दै ३ विकेट क्षेतीमा २६७ रन बनाएको छ।
घरेलु टोलिको लागि कप्तान दिमुथ करुनारत्नेले करियरको १३ औं शतक बनाउने क्रममा अविजित १३२ रन बनाएका छन्। २६५ बलको सामना गरेका उनले १३ चौका प्रहार गरेका छन्। यस्तै पथुम निसंकाले १४० बलमा ७ चौका मद्दत ले ५६ तथा धनन्जय डी सिल्भाले ७७ बलमा ५ चौका मद्दतले अविजित ५६ रन बनाएका छन्।
ओपनर करुनारत्नेले अर्का ओपनर पथुम निसंकासंग १३९ रनको ओपनिंग साझेदारी गरेका थिए। पचासौं ओभरमा शानोन ग्याब्रियलले निसंकालाई क्याच आउट परे। त्यसपछि रोस्टन चेजले ओशाडा फर्नान्डो रा एन्जेलो म्याथुज दुवैलाई क्याच आउट पार्दै क्रिजमा लामो समय जम्न दिएनन्। चौंथो विकेटको लागि करुनारत्नेले धनन्जय डी सिल्भासंग अविजित ९७ रनको साझेदारी गरेर क्रिजमा छन्।
वेस्टइन्डिज बलर रोस्टन चेजले २ विकेट ( १७-२-४२-२ ) तथा शानोन ग्याब्रियल ले १ विकेट ( १२-०-५६-१ ) लिएका छन्।