अर्जुनको आक्रामक शतक, सुदूरपश्चिमद्वारा प्रदेश-२ लाइ चुनौतिपूर्ण लक्ष्य

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय यु-१९ राष्ट्रीय प्रतियोगिता अन्तर्गत तेश्रो दिन सुदुरपश्चिम प्रदेश र प्रदेश-२ आफ्नो पहिलो खेल खेलीरहेका छन्।

टियु क्रिकेट मैदानमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको सुदुरपश्चिमले ४१.४ ओभरमा सबै विकेट गुमाएर २९० रन बनाउदै प्रदेश-२ लाई २९१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सुदुरपश्चिमको लागि अर्जुन साउदले प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा सर्वाधिक ११६ रन बनाए जुन क्रममा उनले ८५ बलमा १४ चौका र ५ छक्का प्रहार गरे। यस्तै लोकेश बमले ७३ बलमा १३ चौका र १ छक्का मदतले ८१ रन बनाए। नरेश भट्टले ३०, बसन्त कार्कीले २७ तथा गजेन्द्र बोहराले १६ रन बनाए।

१९ रनमा २ विकेट गुमेको अवस्थामा अर्जुनले तेश्रो विकेटको लागि नरेशसंग ६३ रनको तथा त्यसपछि लोकेशसंग चौंथो विकेटको लागि १४२ रनको साझेदारी गरेका थिए। लोकेश र अर्जुन आउट भएपछि भने सुदुरपश्चिमले लगातार विकेट गुमायो। फलस्वरुप २६३/४ को अवस्थाबाट थप २७ रन जोड्दा उसले पुरै विकेट गुमाउन पुग्यो।

प्रदेश-२ का बलर प्रदिप पासवानले ३ विकेट ( ४.४-१-३१-३ ) लिए भने बिबेक यादव ( ७-०-५६-२ ) र अजय यादवले ( ६-०-४०-२ ) समान २ विकेट लिए। आदील अन्सारी ( ५-०-५३-१ ) , तृत राज दासले ( ४-०-३१-१ ) समान एक विकेट लिए।

२०७८ मंसिर ९, बिहीबार मा प्रकाशित