न्युजिल्यान्डको भारत भ्रमण अन्तर्गत दुई टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्ट कानपुरको ग्रिन पार्क स्टेडियममा सुरु भएको छ।
खेलमा टस जितेर ब्याटिंग रोजेको भारतले पहिलो दिन समाप्तिमा ८४ ओभर ब्याटिंग गर्दा ४ विकेट क्षेतीमा २५८ रन बनाएको छ।
ओपनर मायाँक अग्रवाल १३ रन बनाएर कायल जेमीसनबाट क्याच आउट भएपछि दोश्रो विकेटको लागि शुबमन गिल र चेतेश्वर पुजाराले ६१ रनको साझेदारी गरे। अर्धशतक पुरा गरेलगत्तै गिल जेमीसनबाट बोल्ड भए जसअघि उनले ९३ बलमा ५ चौका र १ छक्का प्रहार गरे। पुजारा ३५ रन बनाएर टिम साउदीबाट क्याच आउट भए। कप्तान अजिंके रहाने पनि ३५ रन बनाएर जेमीसनबाट बोल्ड भए।
१४५/४ विकेट गुमेको अवस्थामा टेस्ट डेब्यु गरेका श्रेयस ऐयर र रभीन्द्र जडेजाले पाँचौ विकेटको लागि शतकीय साझेदारी गर्दै इनिंग्स उकासे। दिनको समाप्तिमा ऐयर १३६ बलमा ७ चौका र २ छक्का मद्दतले ७५ रनमा अविजित छन्। जडेजा १०० बलमा ६ चौका मद्दतले ५० रन बनाएर अविजित छन्। दुवैले पाँचौ विकेटकोक लागि ११३ रनको साझेदारी गरिसकेका छन्।
न्युजिल्यान्ड बलर कायल जेमिसनले ३ विकेट लिए जुन क्रममा १५.२ ओभरमा ६ मेडन ओभर गर्दै ४७ रन खर्चिए। टिम साउदीले १ विकेट ( १६.४-३-४३-१ ) लिए। एजाज पटेल ( २१-६-७८-० ) , विलियम समर्सभिले ( २४-२-६०-० ) र रचिन रभीन्द्र ( ७-१-२८-० ) विकेटविहिन रहेका छन्।