IPL 2022 : दिल्लीले ४ खेलाडीलाई गर्यो रिटेन, पन्त, पृथ्वी, अक्षर र नोर्किया दिल्लीमै

आईपीएल २०२२ को लागि दिल्ली क्यापिटल्सले रिशभ पन्त, पृथ्वी श, अक्षर पटेल र एनरिक् नोर्कियालाई रिटेन गर्ने निर्णय गरेको छ। दिल्लीले पूर्व कप्तान श्रेयस ऐयरलाई भने टिमले रिटेन नगर्ने भएको छ जसकारण उनि अब अक्सनमा जाने छन्।

ऐयर आफैले दिल्लीमा नबस्ने र अक्सनमा जाने निर्णय लिएको बताईएको छ। २०१८ को आईपीएलको बीचमा गौतम गम्भीरले टिमको नेतृत्व छाडेपछि उनको स्थानमा श्रेयस ऐयरले कप्तानी सम्हालेका थिए। अघिल्लो सिजन श्रेयस ऐयर घाइते हुँदा रिशभ पन्तले कप्तानी सम्हालेपछि ऐयर टिममा फर्किएता पनि कप्तानीमा रिशभलेनै निरन्तरता पाएका थिए। दिल्लीले रिटेन नगर्दा अब ऐयरलाई आईपीएलमा थपिएका दुई नयाँ टिमले लिन सक्नेछन्। चर्चा अनुसार ४ वटा टिमहरु प्रतियोगितामा नयाँ कप्तान खोजिरहेका छन् जसको खोजि ऐयरमा अन्त्य हुन सक्नेछ। ऐयरले २०१९ सिजनमा दिल्लीलाई पहिलो पटक लिगको फाइनल पुर्याएका थिए।

अक्षरसंगै दिल्लीले सिनियर ब्याट्सम्यान शिखर धवनलाई पनि बाहिर राखेको छ जसलाई दिल्लीले २०१९ सिजनमा सनराइजर्स हैदरावादबाट ट्रेड गरेको थियो। धवनले दिल्लीको लागि ४९ पारीमा ब्याटिंग गर्ने क्रममा १३४.६३ को स्ट्राइक रेटमा १,७२६ रन बनाए जुन राममा २०२० आईपीएलमा लगातार दुई वटा शतक समेत बनाएका थिए।

रिशभ पन्तलाई दिल्लीले रिटेन गर्ने खेलाडीको सूचीमा पहिलो स्थानमा राखेको थियो। ऐयर दोश्रो रोजाई हुन सक्थे तर उनले टिममा नबस्ने निर्णय लिएपछि पृथ्वी शले उनको ठाउँ लिएका हुन्। २२ वर्षीय पृथ्वी भारतका आक्रामक ओपनरको रुपमा पछिल्लो समय अघि आएका छन्।

दिल्लीलाई एनरिक् नोर्किया र अक्षर पटेललाई छनोट गर्न सहज भने थिएन। अर्का दक्षिण अफ्रिकी फास्ट बलर कागीसो रबाडा भन्दा नोर्कियाको सुरुवाती र डेथ ओभरमा राम्रो प्रदर्शन पछि नोर्किया रोजाईमा परेका हुन्। आईपीएलमा नोर्कियाले लिएको ३४ विकेट मध्ये १२ वटा पावरप्लेमा लिएका छन्। यस्तै नोर्कियाले प्रति ओभर मात्र ७.८२ रन खर्चेका छन् जुन १०० भन्दा बढी बल फाल्ने बलरहरुमा पछिल्लो दुई सिजन उत्कृस्ट हो। त्यसको बिपरित रबाडाले लिएको ४५ मध्ये २२ विकेट अन्तिम ओभरहरुमा थियो जसमा उनको इकोनोमी ९.४४ रहेको थियो। त्यसैले दिल्लीले नोर्कियालाई राख्ने निर्णय लिएको हो।

२०१९ मा दिल्लीको लागि डेब्यु गरेका अक्षर पटेलले ४१ खेलमा ३४ विकेट लिएका छन् भने उनको इकोनोमी मात्र ६.७३ रहेको छ। न्युजिल्यान्ड बिरुद्ध टि-२० सिरिजमा पटेलले राम्रो प्रदर्शन गरेका थिए।

आईपीएलमा टिमहरुलाई रिटेन गर्ने खेलाडीको घोषणा गर्न ३० नोभेम्बरसम्मको समय सिमा तोकेको छ। ८ वटा टिमहरुले ४ खेलाडीलाई रिटेन गर्न सक्नेछन्। जबकी लखनउ र अहमदाबादले २५ डिसेम्बरसम्म रिटेन नगरिएका खेलाडीहरु मध्ये ३ जना खेलाडीलाई किन्न सक्नेछ। खेलाडी लिलामी गर्न टिमहरुले ९० करोड भारतीय रुपैयाँ खर्च गर्न पाउनेछन्।

यदी टिमले ४ जना खेलाडीहरुलाई रिटेन गर्छ भने टिमको पर्समा रहेको ९० करोड भारुबाट ४४ करोड भारु काटिनेछ। यदी तिन खेलाडीलाई रिटेन गर्छ भने ३३ करोड भारु, दुई खेलाडी गरे २४ करोड भारु तथा एक खेलाडी गरे १४ करोड भारु काटिनेछ। कुनै पनि अनक्याप्ड खेलाडीलाई अधिकतम चार करोड भारुमा रिटेन गर्न सकिनेछ। खेलाडीहरुमानै रिटेन हुने या अक्सनमा जाने अन्तिम निर्णय निहित हुनेछ।

दिल्लीले ४ खेलाडी रिटेन गरे पछि अन्य खेलाडी लिन पर्समा ४८ करोड भारु रकम बाँकी रहेको छ।

२०७८ मंसिर १०, शुक्रबार मा प्रकाशित