यु-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत चौंथो दिन टियु अन्तर्राष्ट्रिय मैदानमा जारि खेलमा प्रदेश नम्बर-२ र प्रदेश नम्बर-१ प्रतिस्पर्धा गरिरहेका छन्। प्रदेश-१ ले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो भने प्रदेश-१ ले बागमती र कर्णाली प्रदेशलाई पराजित गर्दै दुई जित दर्ता गरिसकेको छ।
खेलमा टस जितेर ब्याटिंग रोजेको प्रदेश-२ ले ४८.२ ओभरमा सबै विकेट गुमाएर २११ रन बनाउदै प्रदेश-२ लाई २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
प्रदेश-२ को ब्याटिंगमा बिबेक यादवले सर्वाधिक ७० रन बनाए जुन क्रमअ ७१ बलमा ४ चौका र ६ छक्का प्रहार गरे। ओपनर रोहन बिकले ५९ बलमा ६ चौका र २ छक्का मद्दतले ४७ रन बनाए। संसाद मन्सुरीले १६ रन, आदील अन्सारीले १३, सन्तोष कार्की र अमित यादवले समान ११ तथा प्रदिप पासवानले अविजित १० रन बनाए।
८८ रनको स्कोरमा ५ विकेट गुमाएको अवस्थामा क्रिजमा आएका बिबेक यादवले त्यसपछि एक किनार सम्हाल्दै ब्याटिंग गरेका थिए। यस क्रममा यादवले आतौं विकेटको लागि संसाद मन्सुरीसंग ३९ रनको साझेदारी गरे। ३० औं ओभरमा मन्सुरी आउट भएपछि यादव र प्रदिप पासवानले नवौं विकेटको लागि ५७ रनको साझेदारी गरे। यादवलाई ४७ औं ओभरमा दिपक जोशीले क्याच आउट गरे।
प्रदेश-१ का बलर देब्रे हाते स्पिनर दिपेश कंडेलले ३ विकेट ( १०-२-४४-३ ) लिए। यस्तै दिपक जोशी ( ९.२-१-३४-२ ) र गौरभ कटवालले ( ८-०-४०-२ ) समान २ विकेट लिए। अभिनय राजबंशीले १ विकेट ( ९-०-४०-१ ) लिए।