न्युजिल्यान्डको भारत भ्रमण अन्तर्गत दुई टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टको दोश्रो दिनको खेल सकिएको छ।
भारतले पहिलो इनिंग्समा ३४५ रन बनाएपछि पहिलो इनिंग्स सुरु गरेको न्युजिल्यान्डले उत्कृस्ट सुरुवात गरेको छ। दिनको समाप्तिमा न्युजिल्यान्डले ५७ ओभर बतिंग गर्दा विकेट नगुमाई १२९ रन बनाएको छ। भारतको स्कोर भन्दा न्युजिल्यान्ड अझ २१६ रनले पछि रहेको छ।
न्युजिल्यान्ड ओपनर विल योंगले १८० बलमा १२ चौका मद्दतले ७५ तथा टम लाथमले १६५ बलमा ४ चौका मद्दतले ५० रन बनाएका छन्। १२९ रनको ओपनिंग साझेदारी न्युजिल्यान्ड ब्याट्सम्यानको भारतीय भूमिमा इतिहासकै तेश्रो ठूलो साझेदारी हो।
यस अघि दिनको सुरुवात २५८/४ को अवस्थाबाट गरेको भारतले थप ६ विकेट गुमाउने क्रममा योगफलमा ८७ रन मात्र थप्न सक्यो।
दिनको सुरुवातमै रभिन्द्र जडेजा ५० रनको स्कोरमा टिम साउदीबाट बोल्ड भए। त्यसपछि रिद्दिमान शाह १ रन बनाएर साउदीबाट क्याच आउट भए। डेब्युमै शतक पुरा गरेपछि श्रेयस ऐयरलाई साउदीले क्याच आउट पारे। पहिलो दिन समाप्तिमा ७५ रनमा अविजित रहेका ऐयरले आउट १७१ बलमा १३ चौका र २ छक्का प्रहार गर्दै १०५ रन बनाए। डेब्युमा शतक बनाउने उनि १६ औं भारतीय खेलाडी हुन्। त्यसपछि रभीचन्द्रन आश्विनले एक किनार सम्हाल्दै अविजित ३८ रन बनाउदै योगफल बढाए भने उमेश यादवले अविजित १० रन योगदान दिए।
न्युजिल्यान्ड बलर कप्तान टिम साउदीले ५ विकेट लिए जुन क्रममा २७.४ ओभरमा ६ मेडन ओभर गर्दै ६९ रन खर्चिए। कायल जेमीसनले ३ विकेट ( २३.२-६-९१-३ ) तथा एजाज पटेलले २ विकेट ( २९.१-७-९०-२ ) लिए।
भारतको लागि पहिलो दिन शुबमन गिलले ५२ रन, अजिंके रहानेले ३५ तथा चेतेश्वर पुजाराले २६ रन योगदान दिएका थिए।