पाकिस्तानको शानदार सुरुवात, अलिको उत्कृस्ट बलिंग

पाकिस्तानको बंगलादेश भ्रमण अन्तर्गत दुई टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टको दोश्रो दिन समाप्तिमा पाकिस्तानले पहिलो इनिंग्समा १८५ रनको अग्रता हाँसिल गरेको छ।

पहिलो इनिंग्समा बंगलादेशले ३३० रन बनाएपछि दोश्रो दिननै ब्याटिंग सुरु गरेको पाकिस्तानले ५७ ओभर ब्याटिंग गर्दा विकेट नगुमाई १४५ रन बनाएको छ। पाकिस्तानका ओपनर अबिद अलिले ९३ तथा अब्दुल्लाह शफिकले ५२ रन बनाएका छन्। अलिले १८० बलमा ९ चौका र २ छक्का मद्दतले ९३ रन तथा शफिकले १६२ बलमा २ चौका र २ छक्का मद्दतले ५२ रन बनाएका छन्।

यस अघि दोश्रो दिनको सुरुवात २५३/४ को अवस्थाबाट गरेको बंगलादेशले थप ६ विकेट गुमाउदा ७७ रन बनाउन सक्यो। बंगलादेशको लागि लिटन दासले पहिलो टेस्ट शतक बनाउने क्रममा ११४ रन बनाए जुन क्रममा २३३ बलमा ११ चौका र १ छक्का प्रहार गरे। यस्तै मुश्फिकुर रहिमले ९१ रन बनाए। मेहदी हसनले ३८ रन बनाए। ४९ रनमा ४ विकेट गुमाएको अवस्थामा दास र रहिमले पाँचौ विकेटको लागि २०६ रनको साझेदारी गरेका थिए।

पाकिस्तानको बलिंगमा हसन अलिले सर्वाधिक ५ विकेट लिए जुन क्रममा २०.४ ओभरमा ५ मेडन ओभर गर्दै ५१ रन खर्चिए। अलिले छैठौं पटक टेस्टमा पाँच विकेट लिएका हुन्। शाहिन अफ्रिदी ( २७-८-७०-२ ) र फहीम अश्रफले ( १४-२-५४-२ ) समान २ विकेट तथा साजिद खानले १ विकेट ( २७-५-७९-१ ) लिए।

२०७८ मंसिर ११, शनिबार मा प्रकाशित