आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा सुरु भएको आयोजक नामिबिया, ओमान र युएई बीचको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा ओमानले आयोजक नामिबियालाई ९ रनले पराजित गरेको छ।
विन्ढोक स्थित वान्डरर्स क्रिकेट मैदानमा सम्पन्न खेलम ओमानले दिएको २९२ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले पुरै ५० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा २८२ रन मात्र बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा १३२ रनमा नामिबियाले १३२ रनमा ५ विकेट गुमाउन पुगेको थियो। त्यसपछि कप्तान जेजे स्मितले एक किनार सम्हाले। स्मितले छैठौं विकेटको लागि रुबेन ट्रंपलम्यानसंग ४१ रनको, सातौँ विकेटको लागि जान फ्राईलिंकसंग ६० रनको तथा आठौँ विकेटको लागि कार्ल बर्कनस्टकसंग ४२ रनको साझेदारी गरे। जितको लागि ३ ओभरमा १७ रन आवस्यक हुँदा ४८ औं ओभरमा बलिंग गरेका मोहम्मद नदीमले बर्कनस्टकको विकेट लिंदै ओमानलाई खेलमा फर्काए। उक्त ओभर नदीमले मेडन गरे। २ ओभरमा जित्न १७ रन आवस्यक रह्यो। ४९ औं ओभरको पहिलो बलमै बिलाल खानले जेजे स्मिथलाई क्याच आउट पार्दै नवौं विकेट दिलाए। उक्त ओभरमा मात्र १ रन खर्चे पछि नामिबियालाई अन्तिम ओभरमा जित्न १५ रन आवस्यक रह्यो। मोहम्मद नदीमले अन्तिम ओभरमा मात्र ६ रन खर्चिए र टिमलाई रोमान्चक जित दिलाए।
नामिबियाको लागि जेजे स्मितले सर्वाधिक ९४ रन बनाए जुन क्रममा ७२ बलमा ५ चौका र ६ छक्का प्रहार गरे। जेन ग्रिनले ४७, क्रेग विलियम्सले ३८, जान फ्राईलिंकले २३ रन योगदान दिए।
ओमानको बलिंगमा कप्तान जिशान मक्सुदले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ८ ओभरमा ४५ रन खर्चिए। बिलाल खान ( १०-०-६५-२ ) र मोहम्मद नदीमले ( ७-१-३६-२ ) समान २ विकेट तथ् आयान खानले १ विकेट ( ९-१-३८-१ ) लिए।
यस अघि टस जितेर ब्याटिंग रोजेको ओमानले ५० ओभरमा ९ विकेट क्षेतीमा २९१ रन बनाएको थियो। उसको लागि आयान खानले सर्वाधिक ८३ रन बनाए जुन क्रममा ९३ बलमा ३ चौका र २ छक्का प्रहार गरे। यस्तै कश्यप प्रजापतिले ५२, अकिब इल्यासले ४३ तथा मोहम्मद नदीम, जिशान मक्सुद र सन्दिप गौडले समान २४ रन योगदान दिए।
नामिबियाका बलर रुबेन ट्रंपलम्यानसंले सर्वाधिक ५ विकेट लिए जुन क्रममा १० ओभरमा ७६ रन खर्चे। कप्तान जेजे स्मितले २ विकेट ( १०-०-५०-२ ) तथा जान फ्राईलिंक र पिक्की या फ्रान्सले समान एक विकेट लिए।
जितपछि अंकतालिकामा ओमान २० खेलमा १४ जित, ५ हार र १ नतिजाविहिन अंक बेहोर्दै २९ अंक सहित शिर्ष स्थानमा कायमै छ। ९ खेलमा ५ जित र ४ हार बेहोरेको नामिबिया १० अंक सहित चौंथो स्थानमा छ। नेपाल ८ खेलमा ४ जित र ४ हार पछि ८ अंक सहित पाँचौ स्थानमा छ। सिरिज अन्तर्गत दोश्रो खेल ओमान र युएई बीच नोभेम्बर २९ तारिखमा खेलिनेछ।