नामिबियामा जारी विश्वकप लिग-२ ओडीआई सिरिज स्थगित, युएई र ओमान घर फर्कने

नामिबियामा जारि आईसीसी विश्वकप लिग-२ अन्तर्गतको आयोजक नामिबिया, ओमान र युएई बीचको त्रिकोणात्मक एक दिवसीय सिरिज एक मात्र खेल पछि स्थगित भएको छ।

कोरोना भाइरसको नयाँ भेरीएन्ट ओमीकोर्नको सावधानी स्वरूप बिभिन्न देशहरुले दक्षिण अफ्रीका पुग्ने यात्रीहरुलाई प्रतिबन्ध गरिरहेको हुँदा सिरिज स्थगित गर्न बाध्यता भएको हो। आईसीसीले जिम्बाब्वेमा आयोजित महिला विश्वकप छनोट प्रतियोगिता समेत स्थगित गरिसकेको छ।

युएईले शुक्रबार दक्षिण अफ्रिकी देशबाट आउने उडानहरुलाई निलम्बन गर्ने तथा नामिबिया, जिम्बाब्वे, दक्षिण अफ्रीका, लेसोथो, इस्वातिनी, बोत्स्वाना र मोजाम्बिकबाट गुज्रिने यात्रीहरुलाई प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। ओमान र युएई टिम आईसीसीले चार्टर गरेको एकै फ्लाइटबाट स्वदेश फर्कनेछ।

लिग-२ अन्तर्गतको उक्त सिरिजमा एक मात्र खेल सम्पन्न भएको थियो जसमा ओमानले आयोजक नामिबियालाई https://khelnepal.com/2021/11/16988/ गरेको थियो।

२०७८ मंसिर १३, सोमबार मा प्रकाशित