U19 National : बिबेकको घातक बलिंग, गण्डकीको मध्यम योगफल

कप्तान बिबेक यादवले उत्कृस्ट बलिंग गर्दा यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो चौंथो खेलमा प्रदेश-२ ले गण्डकी प्रदेशलाई १५६ रनमै सिमित पारेको छ।

मुलपानी मैदानमा टस हारेर ब्याटिंग गरेको गण्डकी प्रदेशले ४३.४ ओभरमा सबै विकेट गुमायो। गण्डकीको ब्याटिंगमा ओपनर अर्जुन कुमालले सर्वाधिक ४७ रन बनाए जुन क्रममा ८८ बलमा ७ चौका प्रहार गरे। संदेश सुनारले २६, सचिनराज अधिकारी र कमल परियारले समान १४ तथा प्रशान्त सिंहले १० रन बनाए। अतिरिक्तको रुपमा प्रदेश-२ ले २७ रन खर्चियो।

गण्डकीले ३६ रनमा पहिलो ४ विकेट गुमाएपछि पाँचौ विकेटको लागि अर्जुनले सचिनराजसंग ३९ रनको तथा छैठौं विकेटको लागि संदेशसंग ५० रनको साझेदारी गरेका थिए।

प्रदेश-२ को बलिंगमा कप्तान दायाँ हाते पेसर बिबेक यादवले सर्वाधिक ५ विकेट लिए जुन क्रममा ९ ओभरमा २ मेडन ओभर गर्दै २० रन खर्चिए। यस्तै अर्का पेसर गुल्सन झाले ३ विकेट ( ७.४-०-३१-३ ) लिए। अजय यादव र प्रदिप पासवानले समान एक विकेट लिए।

प्रतियोगितामा प्रदेश-२ यस अघि ३ खेल खेल्दा २ जित र १ हार पछि ४ अंक सहित अंकतालिकाको तेश्रो स्थानमा छ। प्रदेश-२ ले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई २ विकेटले पराजित गरेको थियो। दोश्रो खेलमा प्रदेश-२ संग ७ विकेटले पराजित भएपछि तेश्रो खेलमा बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेको थियो। गण्डकी प्रदेश ३ खेलमा २ जित र १ हार बेहोरेको अछ। पहिलो खेलमा लुम्बिनी प्रदेशसंग ९ विकेटले तथा दोश्रो खेलमा बागमती प्रदेशसंग ७५ रनले पराजित भएपछि तेश्रो खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गरेको थियो।

२०७८ मंसिर १३, सोमबार मा प्रकाशित