न्युजिल्यान्डको भारत भ्रमण अन्तर्गत दुई टेस्टको सिरिज अन्तर्गत रोमान्चक पहिलो टेस्ट बराबरीमा टुंगिएको छ।
कानपुरको ग्रिन पार्क मैदानमा सम्पन्न खेलको अन्तिम दिन भारतले दिएको २८४ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले पाँचौ दिन पुरै ब्याटिंग गर्दै ९८ ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएपछि टेस्ट बराबरीमा टुंगियो।
टेस्ट बराबरी गर्न भारतीय मूलका ब्याट्सम्यान रचिन रभीन्द्रले ९१ बलमा २ चौका मद्दतले अविजित १८ रन बनाउदै महत्वपूर्ण भूमिका निभाए। न्युजिल्यान्डले नवौं विकेट ८९.२ ओभरमा टिम साउदीको रुपमा गुमाउन पुग्यो। तर त्यसपछि रभीन्द्रले दशौँ विकेटको लागि एजाज पटेलसंग थप ८.४ ओभर विकेट नगुमाई ब्याटिंग गर्दै टेस्ट जोगाउन सफल भए। पटेलले २३ बलमा अविजित २ रन बनाए।
६९.१ ओभरमा केन विलियमसन आउट भएपछि आठौं नम्बरमा ब्याटिंग गर्न आएका रभीन्द्रले करिब २९ ओभर विकेट जोगाउन सफल भए।
लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्ड ओपनर टम लाथमले सर्वाधिक ५२ रन बनाए जुन क्रममा १४५ बलमा ३ चौका प्रहार गरे। विलियम समर्सभिलेले ११० बलमा ३६ रन, कप्तान केन विलियमसनले ११२ बलमा ३४ रन बनाए।
Batted mate. #INDvNZ pic.twitter.com/aXDUdvhezp
— BLACKCAPS (@BLACKCAPS) November 29, 2021
भारतको बलिंगमा देब्रे हाते स्पिनर रभीन्द्र जडेजाले सर्वाधिक ४ विकेट ( २८-१०-४०-४ ) लिए। रभीचन्द्रन आश्विनले ३ विकेट ( ३०-१२-३५-३ ) लिए। अक्षर पटेल र उमेश यादवले समान एक विकेट लिए।
टेस्टको पहिलो इनिंग्समा भारतले श्रेयस ऐयरको शतक मद्दतले ३४५ रन बनाएको थियो। न्युजिल्यान्डले पहिलो इनिंग्समा २९६ रन बनाएपछि दोश्रो इनिंग्समा भारतले २३४/७ को योगफल बनाएर इनिंग्स समाप्तिको घोषणा गरेको थियो।
खेलको प्लेयर अफ द म्याच डेब्यु गरेका श्रेयस ऐयर घोषित भए जसले पहिलो इनिंग्समा १०५ रन तथा दोश्रो इनिंग्समा ६५ रन बनाएका थिए।