आईपीएल २०२२ को मेगा अक्सन अघि राजस्थान रोयलले ३ जना खेलाडीहरुलाई रिटेन गरेको छ।
राजस्थानले सन्जु स्यामसन सहित जोस बटलर र यशस्वी जैसवाललाई रिटेन गरेको हो। बेन स्टोक्स, जोफ्रा आर्चर, डेभिड मिलर, क्रिस मोरिस र लियाम लिभिंगस्टोन जस्ता खेलाडीलाई भने रिटेन गरिएन। २०२० सिजनका मस्ट भ्यालुएवल खेलाडी चुनिएका जोफ्रा आर्चर २०२१ सिजनमा घाइते भएका कारण खेलेका थिएनन्।
टिमले सन्जु स्यामसनलाई सबैभन्दा धेरै १४ करोड भारु अर्थात् २२ करोड ३८ लाख, ८७ हजार नेपाली रुपैयाँमा रिटेन गरेको हो। यस्तै जोस बटलरलाई १० करोड भारु ( १६ करोड नेपाली रुपैयाँ ) तथा यशस्वी जैसवाललाई ४ करोड भारु ( ६ करोड, ३९ लाख, ६७ हजार नेपाली रुपैयाँ ) मा रिटेन गरेको छ। मेगा अक्सनको लागि राजस्थानसंग ६२ करोड भारु बाँकी रहेको छ।
आईपीएल मेगा अक्सन अघि बिभिन्न टिमले कूल २७ खेलाडी रिटेन गरेका छन्। चेन्नाई सुपर किंग्सले महेन्द्र सिंह धोनी सहित रभीन्द्र जडेजा, मोईन अलि र रुतुराज गायकवाडलाई रिटेन गरेको छ। यस्तै दिल्ली क्यापिटल्सले कप्तान रिशभ पन्त सहित पृथ्वी श, अक्षर पटेल र एनरिक् नोर्कियालाई रिटेन गरेको छ। सनराइजर्स हैदरावादले केन विलियमसन, अब्दुल समद र उम्रान मलिकलाई रिटेन गरेको छ। पन्जाब किंग्सले मायाँक अग्रवाल र अर्शदिप सिंहलाई, कोलकाता नाइट राइडर्सले आन्द्रे रसेल, वरुण चक्रवर्ती, भेंकटेस ऐयर र सुनिल नारायणलाई, रोयल च्यालेन्जर्स बैंगलोरले बिराट कोहली, मोहम्मद सिराज र ग्लेन म्याक्सवेललाई तथा मुम्बई इन्डीएन्सले रोहित शर्मा, जस्प्रित बुम्राह, सूर्यकुमार यादव र काइरन पोलार्डलाई रिटेन गरेको छ।