IPL : कुन टिमले कुन खेलाडी कति रकममा गर्यो रिटेन ( सम्पूर्ण जानकारी )

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसीसीआई ) ले आईपीएल २०२२ को मेगा अक्सन अघि ८ वटा फ़्रेन्चाइजले रिटेन गरेका २७ जना खेलाडीहरुको सूची घोषणा गरेको छ। आईपीएलको आगामी सिजन पनि बिराट कोहली, रोहित शर्मा, महेन्द्र सिंह धोनी आफ्नो पुरानै जर्सीमा देखिनेछन्।

८ वटा टिमलाई टिम बनाउन ९० करोड भारुको स्यालरी क्याप दिईएको थियो जसबाटै टिमले ४ जना अधिकतम खेलाडी रिटेन गर्न पाउने थिए। त्यस मध्ये पनि अधिकतम तिन जना भारतीय, दुई विदेशी र दुई अन क्याप्ड भारतीय खेलाडी रिटेन गर्न पाउने नियम थियो।

चेन्नाई सुपर किंग्स, दिल्ली क्यापिटल्स कोलकाता नाइट राइडर्स, मुम्बई इन्डीयन्सले समान ४ जना खेलाडीलाई रिटेन गरेको छ। यस्तै राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावादले समान तिन जना तथा पन्जाब किंग्सले भने मात्र २ जना खेलाडी रिटेन गरेको छ। तसर्थ पन्जाबसंग मेगा अक्सनमा सबैभन्दा बढी पर्स रकम ७२ करोड भारु रहनेछ। २७ जना रिटेन भएका खेलाडी मध्ये ८ जना विदेशी र ४ जना अनक्याप्ड भारतीय खेलाडीहरु रहेका छन्।

रिटेन गरिएका खेलाडीहरु ( सम्पूर्ण सूची )

१. कोलकाता नाइट राइडर्स : आन्द्रे रसेल – १२ करोड भारु ( १९ करोड, १९ लाख, २३ हजार नेरु. ) , भेंकटेस ऐयर – ८ करोड भारु ( १२ करोड ७९ लाख ९८ हजार नेरु. ) , वरुण चक्रवर्ती – ८ करोड भारु ( १२ करोड ७९ लाख ९८ हजार नेरु.) , सुनिल नारायण – ६ करोड भारु ( ९ करोड ५९ लाख, ९८ हजार नेरु. )

२. दिल्ली क्यापिटल्स : रिशभ पन्त १६ करोड भारु ( २५ करोड, ५९ लाख ७१ हजार नेरु. ) , अक्षर पटेललाई ९ करोड भारु ( १४ करोड, ३९ लाख, ८३ हजार नेरु. ), पृथ्वी शलाई ७.५ करोड भारु ( ११ करोड, ९९ लाख, ८६ हजार नेरु. ) र एनरिक् नोर्कियालाई ६.५ करोड भारु ( १० करोड, ३९ लाख, ८८ हजार नेरु. )

३. सनराइजर्स हैदरावाद : केन विलियमसन – १४ करोड भारु ( २२ करोड ३८ लाख, ८७ हजार नेरु. ) , अब्दुल समद – ४ करोड भारु ( ६ करोड, ३९ लाख, ६७ हजार नेरु. ) , उमरान मलिक ४ करोड भारु ( ६ करोड, ३९ लाख, ६७ हजार नेरु. )

४. रोयल च्यालेन्जर्स बैंगलोर : बिराट कोहली – १५ करोड भारु ( २३ करोड, ९७ लाख, ७८ हजार नेरु. ), ग्लेन म्याक्सवेल – ११ करोड भारु ( १७ करोड, ५८ लाख, ३७ हजार नेरु. ) , मोहम्मद सिराज – ७ करोड भारु ( ११ करोड, १८ लाख, ९६ हजार नेरु. )

५. पन्जाब किंग्स : मायाँक अग्रवाल – १२ करोड भारु ( १९ करोड, १९ लाख, २३ हजार नेरु. ) , अर्शदिप सिंह – ४ करोड भारु ( ६ करोड, ३९ लाख, ८९ हजार नेरु. )

६. मुम्बई इन्डीएन्स :
रोहित शर्मा – १६ करोड भारु ( २५ करोड, ५८ लाख, ९८ हजार नेरु.) , जस्प्रित बुम्राह – १२ करोड भारु ( १९ करोड, १९ लाख, २३ हजार नेरु. ) , सूर्यकुमार यादवलाई ८ करोड भारु ( १२ करोड, ७९ लाख, ४९ हजार नेरु. ) , काइरन पोलार्ड – ६ करोड भारु ( ९ करोड, ५९ लाख, ६१ हजार नेरु. )

७. चेन्नाई सुपर किंग्स : महेन्द्र सिंह धोनी – १२ करोड भारु ( १९ करोड, १९ लाख, ७८ हजार नेरु. ) , रभीन्द्र जडेजा १६ करोड भारु ( २५ करोड, ५९ लाख ७१ हजार नेरु. ) , मोईन अलि – ८ करोड भारु ( १२ करोड, ७९ लाख, ७० हजार नेरु. ) , रुतुराज गायकवाड ६ करोड भारु ( ९ करोड, ५९ लाख, ७७ हजार नेरु. )

८. राजस्थान रोयल्स : सन्जु स्यामसन – १४ करोड भारु ( २२ करोड ३८ लाख, ८७ हजार नेरु. ) , जोस बटलर – १० करोड भारु ( १६ करोड नेरु. ) , यशस्वी जैसवाल ४ करोड भारु ( ६ करोड, ३९ लाख, ६७ हजार नेरु. )

२०७८ मंसिर १५, बुधबार मा प्रकाशित