न्युजिल्यान्डको भारत भ्रमण अन्तर्गत दोश्रो टेस्टको तेश्रो दिन समाप्त हुँदा घरेलु टोलि भारत विशाल जिततर्फ अघि बढेको छ।
भारतले दिएको ५४० रनको विशाल लक्ष्य पछ्याउने क्रममा तेश्रो दिन ब्याटिंग सुरु गरेको न्युजिल्यान्डले ४५ ओभरमा १४० रन बनाउदा ५ विकेट गुमाएको छ। जितको लागि न्युजिल्यान्डले अझै ४०० रन बनाउनु पर्नेछ।
दिनको समाप्तिमा क्रिजमा हेनरी निकोलस ३६ तथा रचीन रभिन्द्र २ रन बनाएर अविजित छन्। डेरेल मिचेल ६०, विल योंग २० रन बनाएर आउट भए। भारतको बलिंगमा रभीचन्द्रन आश्विनले ३ विकेट ( १७-७-२७-३ ) तथा अक्षर पटेलले १ विकेट ( १०-२-४२-१ ) लिएका छन्।
यस अघि भारतले आफ्नो दोश्रो इनिंग्स २७६/७ को योगफलमा समाप्तिको घोषणा गरेको थियो। भारतको लागि ओपनर मायाँक अग्रवालले सर्वाधिक ६२, चेतेश्वर पुजारा र शुबमन गिलले समान ४७, अक्षर पटेलले अविजित ४१ तथा बिराट कोहलीले ३६ रन योगदान दिए। न्युजिल्यान्डका बलर एजाज पटेलले ४ विकेट ( २६-३-१०६-४ ) तथा रचीन रभीन्द्रले ३ विकेट ( १३-२-५६-३ ) लिए।
टेस्टको पहिलो इनिंग्समा भारतले मायाँक अग्रवालको शतक ( १५० ) मद्दतले ३२५ रन बनाएको थियो। भारतीय स्पिनर रभीचन्द्रन आश्विनले ४ तथा मोहम्मद सिराजले ३ विकेट लिंदा न्युजिल्यान्डको पहिलो इनिंग्स ६२ रनमै समेटिएको थियो।
सिरिज अन्तर्गत पहिलो टेस्ट बराबरीमा टुंगिएको थियो।