एसेज : कप्तान कमिन्स चम्किंदा इंग्ल्यान्ड १४७ मै सिमित

अस्ट्रेलियाको ब्रिसबेनमा चर्चित एसेज सिरिज सुरु भएको छ। टेस्टमा टस जितेर ब्याटिंग रोजेको भ्रमण टोलि इंग्ल्यान्डले ५०.१ ओभरमा १४७ रनमा सम्पूर्ण विकेट गुमाएको छ।

अस्ट्रेलियाको लागि जोस बटलेले सर्वाधिक ३९, ओली पोपले ३५, हसिब हमिदले २५ तथा क्रिस वोक्सले २१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। तिन ब्याट्सम्यान खाता नखोली आउट भए।

खराब सुरुवात गरेको इंग्ल्यान्डले पहिलो ४ विकेट २९ रनमै गुमायो। इनिंग्सको पहिलो बलमै मिचेल स्टार्कले रोरी बर्न्सलाई बोल्ड गरे। त्यसपछि डेविड मलान र कप्तान जो रुटलाई जोश हेजलवुडले क्याच आउट पारे। बेन स्टोक्सलाई प्याट कमिन्सले क्याच आउट पारे। पाँचौ विकेटको लागि हसिब हमिद र ओली पोपले ३१ रन जोडे। हमिदलाई प्याट कमिन्सले क्याच आउट पारे।

छैठौं विकेटको लागि ओली पोपले जोस बटलरसंग ५२ रनको साझेदारी गरे। तर बटलरलाई स्टार्कले तथा पोपलाई क्यामरन ग्रिनले क्याच आउट पार्दै अस्ट्रेलियालाई खेलमा हावी गराए। त्यसपछि क्रिस वोक्सले अन्तिमसम्म ब्यतंग गरेता पनि अन्य ब्याट्सम्यान क्रिजमा जम्न सकेनन्।

अस्ट्रेलियाको बलिंगमा कप्तानी डेब्यु गरेका प्याट कमिन्सले सर्वाधिक ५ विकेट लिए जुन क्रममा १३.१ ओभरमा ३ मेडन ओभर गर्दै ३८ रन खर्चिए। मिचेल स्टार्क ( १२-२-३५-२ ) र जोश हेजलवुडले ( १३-४-४२-२ ) समान दुई विकेट तथा क्यामरन ग्रिनले १ विकेट ( ३-१-६-१ )

२०७८ मंसिर २२, बुधबार मा प्रकाशित