एघारौं सिजनको बिग ब्यास लिग अन्तर्गत आफ्नो पहिलो खेलमा होबर्ट हरिकेन्सले सिड्नी सिक्सर्ससंग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय १:१२ बजे दिउँसो सुरु हुनेछ।
खेलमा टस जितेर होबार्टले फिल्डिंग रोजेको छ। होबार्टले विदेशी खेलाडीको रुपमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने, सिंगापुरका टिम डेभिड र इंग्ल्यान्डका जोर्डन कक्सलाई मौका दिएको छ।
Hobart Hurricanes (Playing XI): Matthew Wade(w/c), D Arcy Short, Caleb Jewell, Peter Handscomb, Jordan Cox, Tim David, Tom Lammonby, Nathan Ellis, Joel Paris, Thomas Rogers, Sandeep Lamichhane
Sydney Sixers (Playing XI): Josh Philippe(w), James Vince, Moises Henriques(c), Daniel Hughes, Jordan Silk, Daniel Christian, Tom Curran, Hayden Kerr, Chris Jordan, Ben Manenti, Steve OKeefe
गत वर्ष बिग ब्यास लिग खेलेपछि सन्दिपले कुनै पनि विदेशी लिग खेलेका छैनन्। भिसा समस्याका कारण इंग्ल्यान्डको दुई वटा टि-ट्वान्टी लिग ‘द हन्ड्रेड’ र ‘टि-ट्वान्टी ब्लास्ट’ गुमाएका उनले त्यसपछि नेपालको विश्वकप लिग-२ अन्तर्गत ओमान भ्रमणका कारण करेबियन प्रिमियर लिग पनि गुमाउनु परेको थियो। यस बीचमा उनले नेपाली राष्ट्रिय क्रिकेट टिमको खेल बाहेक घरेलु क्रिकेटमा एभरेष्ट प्रिमीयर लिग टि-२० तथा काठमाडौँ मेयर्स कपमा भने सहभागिता जनाए।
हरिकेन्समा सन्दिप बाहेक विदेशी खेलाडीको रुपमा सिंगापुर ब्याट्सम्यान टिम डेभिड र इंग्ल्यान्डका ह्यारी ब्रुक्स रहेका छन्। अन्य विदेशी खेलाडीको घोषणा टिमले गरेको छैन। टिममा नाथन इलिस, पिटर ह्यान्ड्सकम्ब, बेन म्याकडरमोट, राईली मेरेडीथ, म्याथु वेड, ड्यार्सी सर्ट जस्ता खेलाडीहरु रहेका छन्।
गत सिजन बिग ब्यास लिगमा सन्दिपले ८ खेल खेल्दा ८ विकेटनै लिएका थिए जुन क्रममा उनले ७.५४ रन प्रतिओभर रन खर्चेका थिए।