एघारौं सिजनको बिग ब्यास लिग अन्तर्गत आफ्नो पहिलो खेलमा होबार्ट हरिकेन्स सिड्नी सिक्सर्ससंग १४ रनले पराजित भएको छ।
सिड्नीले दिएको १४५ रनको लक्ष्य पछ्याउने क्रममा होबार्टले २० ओभरमा ८ विकेट क्षेतीमा १३० रन मात्र बनाउन सक्यो। जितको लागि अन्तिम ३ ओभरमा आवस्यक २९ रन होबार्टले बनाउन सकेन। इनिंग्सको १८ औं र १९ औं ओभरमा टम करन र क्रिस जोर्डनले समान ३ रन खर्चिए पछि अन्तिम ओभरमा जित्न २० रन आवस्यक थियो। अन्तिम ओभरमा करनले मात्र ५ रन खर्चेर २ विकेट लिंदै सिड्नीलाई जित दिलाए।
होबार्टको ब्याटिंगमा पिटर ह्यान्ड्सकम्बले सर्वाधिक ४७ रन बनाए। सिड्नीको बलिंगमा टम करनले ३ विकेट ( ४-०-२७-३ ) , हेडन केरले २ विकेट तथा क्रिस जोर्डन, बेन मनेन्टि र स्टिभ ओ किफले समान एक विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको सिड्नीले २० ओभरमा ९ विकेट क्षेतीमा १४४ रन बनाएको थियो। उसको लागि कप्तान मोइसेस हेनरिक्सले सर्वाधिक ७३ रन बनाए जुन क्रममा ४८ बलमा ६ चौका र २ छक्का प्रहार गरे। ३९ रनमा ५ विकेट गुमाएको अवस्थामा हेनरिक्सले टम करनसंग ६२ रनको साझेदारी गरेका थिए। करनले २७ रन बनाए।
होबार्टको बलिंगमा थोमस रोजर्सले सर्वाधिक ३ विकेट ( ४-०-२८-३ ) लिए। नाथन इलिसले २ विकेट लिंदा जोल पेरिस, टिम डेभिड र सन्दिप लामिछानेले समान एक विकेट लिए।
होबार्टले लिगमा आगामी खेल डिसेम्बर ११ तारिख ( शनिवार ) सिड्नी सिक्सर्स बिरुद्धनै सिड्नीमा खेल्ने तालिका रहेको छ। खेल नेपाली समय दिउसो १:२० बजे सुरु हुनेछ।
सन्दिपको प्रदर्शन : लिगको पहिलो खेल खेल्ने क्रममा होबार्ट हरिकेन्सका लेग स्पिनर सन्दिपले ४ ओभर बलिंग गर्ने क्रममा २४ रन खर्चेर १ विकेट लिएका हुन्। यस क्रममा उनले आफ्नो स्पेलको दोश्रो ओभरमा चर्चित अस्ट्रेलियन क्रिकेटर ड्यानीयल क्रिस्चियनको विकेट लिएका हुन्।
सन्दिपको पहिलो ओभर : पावरप्लेको समाप्तिमा सिड्नी २८/४ को अवस्थामा थियो। इनिंग्सको सातौँ ओभरमा बलिंग गर्न आएका सन्दिपले पहिलो ओभरमा ३ रन खर्चिए। पहिलो ३ बलमा १/१ रन दिएका उनले ओभरको अन्ति ३ बलमा रन दिएनन्। उनि बलिंगमा आउदा कमेन्टेटरले नेपालकको खेलाडी भनेका थिए। ओभर समरी ( १ १ १ ० ० ० )
सन्दिपको दोश्रो ओभर : लगत्तै स्पेलमा नवौं ओभरमा बलिंग गरेका सन्दिपले पहिलो बलमै ५ रन बनाएका ड्यानीयल क्रिस्चियनको विकेट लिए। सन्दिपलाई आक्राक सट खेल्ने क्रममा क्रिस्चियन मीड अनमा क्याच आउट हुन पुगे। त्यसपछि ओभरमा सन्दिपले मात्र ३ रन खर्चिए। ओभर समरी ( विकेट १ ० १ १ ० )
सन्दिपको तेश्रो ओभर : स्पेल निरन्तरता दिने क्रममा एघारौं ओभरमा बलिंग गरेका सन्दिपले ओभरमा ७ रन खर्चिए। ओभरको तेश्रो बलमा मोइसेस हिनरिक्सले सन्दिपले माथ दिएको बललाई डिप कभरमा चौका प्रहार गरे। त्यस बाहेक सन्दिपले ओभरमा कसिलो बलिंग गरे। ओभर समरी ( १ १ ४ १ ० ० )
सन्दिपको चौंथो ओभर : लगातार स्पेल गर्दै १३ औं ओभरमा स्पेल सकाएका सन्दिपले ओभरमा ११ रन खर्चिए। ओभरको चौंथो बलमा मोइसेस हिनरिक्सले कभरको माथिबाट चौका प्रहार गरे। ओभरको अन्तिम बलमा टम करनले डिप मीड-विकेटमा चौका प्रहार गरे। ओभर समरी ( 0 १ १ ४ १ ४ )
कमेन्टेटरद्वारा सन्दिपको तारिफ
खेलको क्रममा सन्दिप लामिछानेको बलिंग म्याप स्क्रिनमा देखिंदा कमेन्टेटरले सन्दिपको तारिफ गरेका थिए। सन्दिपले अनुशाशित बलिंग गरेको र लिगमा राम्रो सुरुवात गरेको उनीहरुले बताएका थिए। बलिंग म्यापमा सन्दिपले अधिकांश बल राम्रो लेन्थमा र एकै स्थानमा गरेको देखिएको। यस्तै सन्दिपको नाम अस्ट्रेलियन तरिकाले स्यान्डी उच्चारण गरिएको र लामिछाने उच्चारण गर्न गाह्रो भएको समेत कुरा गरेका थिए।