भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसीसीआई ) ले भारतीय एकदिवसीय टिमको कप्तानी रोहित शर्मालाई सुम्पेको छ। अर्थात् अब बिराट कोहली भारतको टेस्ट कप्तान मात्र रहनेछन्।
बिराट कोहलीले टि-२० कप्तानी छाडेपछि टि-२० कप्तान बनेका रोहितलाई एकदिवसीय फर्म्याटमा पनि कप्तानी दिईएको छ। यस्तै रोहितलाई अजिंके रहानेको स्थानमा टेस्ट टिमको उपकप्तान समेत बनाइएको छ। रोहितले भारतको लागि हालसम्म १० वटा एकदिवसीय अन्तर्राष्ट्रियमा कप्तानी गरिसकेका छन् जसमा भारतले ८ जित र २ हार बेहोरेको छ।
बिसीसीआईले दक्षिण अफ्रीका भ्रमणको लागि १८ सदस्यीय भारतीय टेस्ट टिमको घोषणा गरेको छ। घोषित टिममा अजिंके रहानेले मौका पाएका छन् जसलाई अन्तिम-११ मा स्थान बनाउन भने चुनौतिपूर्ण मानिएको छ। टिममा श्रेयस ऐयर, हनुमा विहारी र सुर्यकुमार यादवले मौका पाउदा रहानेलाई प्रतिस्पर्धा धेरै छ। विहारीलाई न्युजिल्यान्ड सिरिजमा मौका दिईएको थिएन। यस्तै घाइते शुबमन गिल पनि टिममा छैनन्। न्युजिल्यान्ड सिरिजमा आराम गरेका केएल राहुल सहित रिशभ पन्त टिममा फर्केका छन्।
The All-India Senior Selection Committee also decided to name Mr Rohit Sharma as the Captain of the ODI & T20I teams going forward.#TeamIndia | @ImRo45 pic.twitter.com/hcg92sPtCa
— BCCI (@BCCI) December 8, 2021
घोषित भारतीय टिममा रभीन्द्र जडेजा, अक्षर पटेल र राहुल चाहर छैनन् जो घाइते भएका कारण बाहिरएका हुन्। रभीचन्द्रन आश्विन पछि जयन्त यादव टिममा छन्। न्युजिल्यान्ड बिरुद्ध घरेलु सिरिजमा आराम पाएका जस्प्रित बुम्राह र मोहम्मद शामी टिममा फिर्ता भएका छन्। नभदिप सैनी, दिपक चाहर र आर्जन नगवासवल्ला, सौरभ कुमारलाई प्रतिस्थापन खेलाडीको रुपमा राखिएको छ।
भारतले दक्षिण अफ्रीका भ्रमण अन्तर्गत २६ डिसेम्बर देखि १५ जनवरीसम्म तिन वटा टेस्टको सिरिज खेल्ने तालिका रहेको छ।
भारतीय टेस्ट टिम : बिराट कोहली ( कप्तान ) , रोहित शर्मा ( उपकप्तान ) , केएल राहुल, मायाँक अग्रवाल, चेतेश्वर पुजारा, अजिंके रहाने, श्रेयस ऐयर, हनुमा विहारी, रिशभ पन्त ( विकेटकिपर ) , रिद्दीमान शाह ( विकेटकिपर ) , रभीचन्द्र आश्विन, जयन्त यादव, इशान्त शर्मा, मोहम्मद शामी, उमेश यादव, जस्प्रित बुम्राह, शार्दुल ठाकुर, मोहम्मद सिराज