भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसीसीआई ) ले बुधबार दक्षिण अफ्रीका भ्रमणको लागि टेस्ट टिमको घोषणा गर्यो। साथै रोहित शर्मालाई एकदिवसीय टिमको कप्तान समेत नियुक्त गर्यो। बिराट कोहलीले टि-२० टिमको कप्तानी छाडेको ३ महिना भित्र यो निर्णय लिईएको हो। तर यति ठूलो निर्णय बिसीसीआईले गर्दा सामान्य ट्वीटर पोस्ट र बिज्ञप्ति जारि गर्नुले बिभिन्न प्रश्न चिन्ह खडा भएका छन्।
कप्तानी रोहितलाई दिएपछि नत कोहलीले बिज्ञप्ति जारि गरेका छन् नत सामाजिक संजालमानै केहि लेखेका छन्। कोहलीको तर्फबाट कुनै पनि किसिमको संदेश बाहिर आएको छैन नत रोहितलाई बधाई दिएका छन्। यसले बिराट कप्तानीबाट हटेको भन्दा पनि हटाइएको देखिन्छ।
भारतको सफल एकदिवसीय अन्तर्राष्ट्रिय मध्येका एक कोहलीलाई यस्तो तरिकाले कप्तानी बाट हटाइनेछ भन्ने सायदै कसैले सोचेका थिए। कोहलीले टि-२० कप्तानी छाडेपछि भारतीय क्रिकेट बोर्ड एकदिवसीयमा पनि उनको कप्तानी निरन्तरता चाहन्थेन।
भारतीय मिडिया रिपोर्टका अनुसार बिसीसीआईको छनोट समितिका अध्यक्ष चेतन शर्माले बिराट कोहलीलाई एकदिवसीय अन्तर्राष्ट्रिय कप्तानी छोड्ने बारे सोधेका थिए। तर कोहलीले त्यसको जवाफ नदिएपछि उनलाई कप्तानीबाट हटाइएको हो।
कोहलीलाई किन हटाइयो ?
एक बिसीसीआईका अधिकारीले इनसाइड स्पोर्ट्ससंग कुराकानीमा बताएका छन् – “टि-२० र वानडेको छुट्टै कप्तान हामि चाहन्थेनौ। बिसीसीआई नेतृत्वमा सधै निरन्तरता र स्पस्टता चाहन्छ। सबैले देखेको कुरा हो हामि ठूलो प्रतियोगिताहरुमा सफल भएनौ र टि-२० विश्वकपले पनि त्यो देखायो। छनोटकर्ताहरु पनि रोहितलाई सेतो बल क्रिकेटको नेतृत्वमा देख्न चाहन्थे र हामि रोहितको नेतृत्वमा आईसीसी प्रतियोगितामा सफल हुनेमा ढुक्क छौँ।”
बिसीसीआईले कप्तानी बारे निर्णय लिनु अघि प्रशिक्षक राहुल द्रविड र बिराट कोहली बीच कुराकानी भएको थियो। कोहलीलाई छनौटकर्ताहरुले पनि उनको नेतृत्व बारे स्पस्ट चित्र चाहन्थ्यो। कोहलीको निर्णय जान्न छनोट समितिले ४८ घण्टासम्म कोहलीको कल कुरेको थियो। कोहलीले सम्पर्क नगरेपछि बुधबार बेलुका सामान्य घोषणा गर्दै रोहितलाई कप्तानी सुम्पिएको बिसीसीआईले जानकारी गरायो।
“यो स्पष्ट छ कि बिसीसीआई कोहलीसंग खुसि थिएन। र उनलाई हटाईएको पनि स्पष्टनै छ। हैन भने टेस्ट टिम घोषणा गर्दा संगै रोहित शर्मालाई कप्तान घोषणा गर्नु किन जरुरि थियो। स्पष्ट छ कि बिसीसीआई र कोहली बीच कप्तानी बारे मतएकता थिएन।” एक ठूला भारतीय टेस्ट क्रिकेटरले बताए।
यो पनि हल्ला छ कि कोहलीले दक्षिण अफ्रीका बिरुद्ध तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजबाट आफूलाई अनुपलब्ध बताउनेछन्। उक्त सिरिजपछि दुई देशले तिन टेस्टको सिरिज खेल्ने तालिका छ।
भारतको लागि ९५ एकदिवसीय अन्तर्राष्ट्रियमा कप्तानी गरेका कोहलीको कप्तानीमा भारतले ६५ खेलमा जित २७ खेलमा हार बेहोर्यो। उनको जित प्रतिशत ७०.४३ महेन्द्र सिंह धोनी ( ५९.५२ ) , मोहम्मद अजहरुद्दीन ( ५४.१६ ), सौरभ गांगुली ( ५३.९० ), राहुल द्रविड ( ५६ )भन्दा उत्कृस्ट थियो। तर कोहलीको कप्तानीमा भारतले विश्वकप उपाधि भने जित्न सकेन।