कोहलीको वानडे कप्तानी खोसेपछि के भन्छन् बिसीसीआई अध्यक्ष गांगुली

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसीसीआई ) का अध्यक्ष सौरभ गांगुलीले बिराट कोहलीलाई एकदिवसीय कप्तानीबाट हटाएपछि पहिलो प्रतिक्रिया दिएका छन्।

गांगुलीले कोहलीको स्थानमा रोहित शर्मालाई सेतो बल क्रिकेटको दुवै फर्म्याटमा कप्तान बनाउने निर्णय बोर्ड र छनोटकर्ताले मिलेर लिएको बताएका छन्। रोहितलाई बुधबार भारतीय वानडे टिमको कप्तान बनाइएको थियो जसले दक्षिण अफ्रीका बिरुद्ध एकदिवसीय सिरिजमा आफ्नो अभियानको सुरुवात गर्नेछन्।

गांगुलीले यो निर्णय लिनु अघि बिराट कोहलीसंग पनि छलफल गरिएको बताएका छन्। पूर्व भारतीय कप्तान समर रहेका गांगुलीले कोहलीको सिमित ओभर कप्तानको रुपमा योगदानलाई समेत धन्यवाद दिए।

“यो निर्णय बिसीसीआई र छनोटकर्ताले मिलेर लिएका हुन्। बिसीसीआईले बिराटलाई टि-२० को कप्तानी नछोड्न अनुरोध गरेको थियो। र छनोटकर्ताको अनुसार सेतो बल क्रिकेटको दुई फर्म्याटमा अलग कप्तान हुनु ठीक छैन। त्यसैले यो निर्णय लिईएको हो कि टेस्टमा बिराट कप्तान कायम रहनेछन् र सिमित ओभरमा रोहित कप्तान हुनेछन्। मैले बिसीसीआईको अध्यक्षको रुपमा उनिसंग कुरा गरेको छु र मुख्य छनोटकर्ताले समेत कोहलीसंग कुरा गरेका छन्।” गांगुलीले भारतीय मिडिया एजेन्सी पिटीआईलाई बताएका छन्।

गांगुलीले थप बताए – “मलाई रोहित शर्माको कप्तानीमा पुरा भरोसा छ। बिराट टेस्ट टिमको कप्तान कायम रहनेछन्। बिसीसीआईलाई यो कुरा विश्वास छ कि भारतीय क्रिकेट सुरक्षित हातमा छ। हामी बिराट कोहलीले सिमित ओभर क्रिकेटमा कप्तानको रुपमा गरेको योगदान प्रति धन्यवाद दिन चाहन्छौं।”

यो बताईएको छ कि एकदिवसीय कप्तानी छाड्ने इच्छा कोहलीको थिएन। कोहलीलाई जबर्जस्ती कप्तान बाट हटाइएको हो। यो निर्णय पछि बिसीसीआई र कोहली बीच सम्बन्धमा चिसोपना आएको छ। अर्कोतर्फ समर्थक र बिज्ञहरुले भारतको इतिहासकै सफल एकदिवसीय कप्तानलाई सामान्य व्यवहार गर्दै कप्तानीबाट हटाएकोमा बिरोध गरिरहेका छन्। भारतीय मिडिया रिपोर्टका अनुसार बिसीसीआईको छनोट समितिका अध्यक्ष चेतन शर्माले बिराट कोहलीलाई एकदिवसीय अन्तर्राष्ट्रिय कप्तानी छोड्ने बारे सोधेका थिए। तर कोहलीले त्यसको जवाफ नदिएपछि उनलाई कप्तानीबाट हटाइएको हो।

भारतको लागि ९५ एकदिवसीय अन्तर्राष्ट्रियमा कप्तानी गरेका कोहलीको कप्तानीमा भारतले ६५ खेलमा जित २७ खेलमा हार बेहोर्यो। उनको जित प्रतिशत ७०.४३ महेन्द्र सिंह धोनी ( ५९.५२ ) , मोहम्मद अजहरुद्दीन ( ५४.१६ ), सौरभ गांगुली ( ५३.९० ), राहुल द्रविड ( ५६ )भन्दा उत्कृस्ट थियो। तर कोहलीको कप्तानीमा भारतले विश्वकप उपाधि भने जित्न सकेन।

भारतले दक्षिण अफ्रीका भ्रमण अन्तर्गत २६ डिसेम्बर देखि १५ जनवरीसम्म तिन वटा टेस्टको सिरिज खेल्ने तालिका रहेको छ।

भारतीय टेस्ट टिम : बिराट कोहली ( कप्तान ) , रोहित शर्मा ( उपकप्तान ) , केएल राहुल, मायाँक अग्रवाल, चेतेश्वर पुजारा, अजिंके रहाने, श्रेयस ऐयर, हनुमा विहारी, रिशभ पन्त ( विकेटकिपर ) , रिद्दीमान शाह ( विकेटकिपर ) , रभीचन्द्र आश्विन, जयन्त यादव, इशान्त शर्मा, मोहम्मद शामी, उमेश यादव, जस्प्रित बुम्राह, शार्दुल ठाकुर, मोहम्मद सिराज

२०७८ मंसिर २४, शुक्रबार मा प्रकाशित