भलिबल राष्ट्रिय टोलिको घोषणा

बंगलादेशमा डिसेम्बर २१ देखि २९ तारिखसम्म आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय पुरुष टोलीको घोषणा भएको छ ।

नेपाल भलिबल संघले आइतबार इम रानाको कप्तानीमा १२ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । टोलीका मुख्य प्रशिक्षक हान एबिङले बन्द प्रशिक्षणमा रहका १६ खेलाडीबाट अन्तिम खेलाडी छनोट गरेका हुन् ।

टोलीका खेलाडीहरुमा हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, राजेन्द्र विष्ट, टेकराज अवस्थी, हरिबहादुर अधिकारी, दुर्गाबहादुर खड्का, भैरव बम, शरण सामरी, विशाल विक र विनोद चन्द रहेका छन् । मानबहादुर श्रेष्ठ र भैरव बमले टोलीमा पुनरागमन गरेका छन् । प्रशिक्षणमा रहेकामध्ये ईश्वर थापा, दिपकराज जोशी, रविन चन्द र धिरज बस्नेत बाहिर भएका छन् ।

( साभार – गोरखापत्र )

२०७८ मंसिर २६, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment