काठमाडौं जिल्ला क्रिकेट संघको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।साधारणसभाले रिक्त रहेको तीन सदस्यको पदमध्ये दुईमा त्रमशः दिवाकार घले र किरण राणालाई नियुक्त गरेको छ ।

त्यस्तै सभाले संघको सल्लाहाकारमा ठाकुर प्रताभ थापासहित तीन जनालाई नियुक्त गरेको छ। कार्यक्रममा संघका अध्यक्ष अमित पाण्डेले काठमाडौं सधै नेपाली क्रिकेटको उर्भरभूमिका रुपमा क्रियाशिल रहँदै आएको र आगमी दिनमा पनि रहने विश्वास व्यक्त गरे । “हामीले कोभिड १९ को माहामारीका कारण पछिल्लो दुई वर्ष केही कार्यक्रम गर्न सकेनौ, पाण्डेले भने, अवस्था सामान्य बन्दैछ । अब हामी उहीँ जोश र जागरका साथ अघि बढ्छौ ।”

त्यस्तै संघका सचिव बसन्त राज सत्यालले संघको भावी योजनाहरु प्रस्तुत गरे । हामी नेपाल क्रिकेट संघ क्यानसँगको सहकार्यमा विभिन्न प्रतियोगिताहरु संचालन गर्नेछौ,उनले भने, हामीले ग्रासरुट कार्यक्रम अन्तर्गत जुनियर छात्र र छात्रा क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी गरेका छौ । त्यस्तै हामी मंसिर २९ गतेबाट जिल्लास्तरिय प्रतियोगिता गर्दैछौ । हामी छ्टिै क्रिक्रेट एकेडेमी संचालन गर्ने लक्ष्यमा छौ ।

कार्यक्रममा संघका उपाध्यक्ष विजय शर्मा, नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य छनोटकर्ता उत्तम कर्माचार्य, नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)का पूर्व अध्यक्ष तथा एआईपिएसका कोषध्यक्ष निरंजन राजवंशी र एनएसजेफका अध्यक्ष दुर्गानाथ सुवेदीले संघको वार्षिक साधरणसभाको अवसरमा शुभकामना दिएका थिए ।

२०७८ मंसिर २६, आईतवार मा प्रकाशित