लाबुसेनले शतक बनाउदा चुके स्मिथ, अस्ट्रेलिया बलियो

अस्ट्रेलियामा जारि एसेज सिरिज अन्तर्गत एडीलेड ओभलमा जारि दोश्रो टेस्टको दोश्रो दिन समाप्तिमा घरेलु टोलि बलियो स्थितिमा रहेको छ।

टेस्टको दोश्रो दिन समाप्तिमा इंग्ल्यान्डले आफ्नो पहिलो इनिंग्समा ८.४ ओभर ब्याटिंग गर्दा २ विकेट क्षेतीमा १७ रन बनाएको छ। अस्ट्रेलियाको पहिलो इनिंग्सको स्कोर भन्दा इंग्ल्यान्ड ४५६ रनले पछि छ। ४ रन बनाएका इंग्ल्यान्ड ओपनर रोरी बर्न्सलाई मिचेल स्टार्कले तथा ६ र बनाएका अर्का ओनर हसिब हमिदलाई डेब्यु गरिरहेका पेसर मिचेल नेसेरले क्याच आउट पारे। क्रिजमा डेविड मलान १ तथा कप्तान जो रुट ५ रन बनाएर अविजित छन्।

यस अघि दोश्रो दिनको सुरुवात २२१/२ को अवस्थाबाट गरेको अस्ट्रेलियाले दोश्रो दिन योगफलमा थप २५२ रन जोड्दै ४७३/९ ( १५०.४ ) मा इनिंग्स समाप्तिको घोषणा गर्यो।

दिनको सुअरुवतमा ९५ रनमा अविजित रहेका मार्नस लाबुसेनले करियरको छैठौं टेस्ट शतक पुरा गरे। ३०५ बलमा ८ चौका मद्दतले उनले १०३ रन बनाए। शतक बनाए लगत्तै उनलाई ओली रोबिन्सनले एलबिडब्लु पारे। त्यसपछि स्टिभ स्मिथले ट्राभिस हेडसंग ५० रनको साझेदारी गरे। हेडलाई जो रुटले बोल्ड गरे भने लगत्तै क्यामरन ग्रिनलाई बेन स्टोक्सले बोल्ड गरे। छैठौं विकेटको लागि स्मिथ र एलेक्स केरीसंग ९१ रनको साझेदारी गरे। २०१ बलमा १२ चौका र १ छक्का मद्दतले ९३ रन बनाएका स्मिथलाई जेम्स एण्डरसंनले एलबिडब्लु पारे। ५१ रन बनएका केरीलाई पनि एण्डरसनले क्याच आउट पारे। अन्तिममा मिचेल स्टार्क र मिचेल नेसेरले क्रमशः ३९ र ३५ रन बनाउदै योगफल ४५० पार गराए। पहिलो दिन डेभिड वार्नर ९५ रन बनाएर आउट भएका थिए।

इंग्ल्यान्ड बलर बेन स्टोक्सले ३ विकेट ( २५-२-११३-३ ) , जेम्स एण्डरसनले २ विकेट ( २९-१०-५८-२ ) लिए भने स्टुवार्ट ब्रोड, क्रिस वोक्स, ओली रोबिन्सन र जो रुटले समान एक विकेट लिए।

सिरिज अन्तर्गत पहिलो टेस्टमा अस्ट्रेलिया ९ विकेटले विजयी भएको थियो।

२०७८ पुष २, शुक्रबार मा प्रकाशित